Sorry, that menu does not exist.
 

धौलागिरी बहुमुखी क्याम्पसमा बीबीए (BBA) कार्यक्रम सन्चालन हुनु गौरवको विषय !

बागलुङ २०७५ भदौ १९ । धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा आज बीबीए कार्यक्रम सन्चालन पूर्वाधार अध्ययन सम्वन्धमा व्यापक छलफल भएको छ ।

बीबीए कार्यक्रम सन्चालन गर्ने सम्वन्धमा स्थलगत अनुगमनमा आएको त्रिबिबि केन्द्रिय व्यवस्थापन विभागका डिन डा डिल्लीराज शर्मा नेतृत्वको टोली धौलागिरी बहुमुखी क्याम्पसमा बीबीए कार्यक्रम सन्चालन गर्ने सन्दर्भमा सकारात्म देखिएपछी बिद्यार्थी, क्याम्पस प्रशासन एवं सरोकारवालाहरुमा सुखद अनुभूति प्रवाह भएको छ ।

छलफलमा भाग लिँदै डिन डा शर्माले धौलागिरी बहुमुखी क्याम्पसमा बीबीए कार्यक्रम सन्चालन गर्न आफुले केन्द्रमा सिफारिस गर्ने विश्वास दिलाउदै त्यस्को लागि क्याम्पसले आवश्यक पूर्वाधार तयार गर्न अनुरोध गरेका थिए ।

छलफलमा सहभागी अधिकाँश वक्ताहरुले बीबीए कार्यक्रम समयको माग भएको बताउदै यसै सत्रदेखी सन्चालनमा ल्याउन प्रक्रिया सुरु गर्न आग्रह गरेका थिए ।

सो अवसरमा बोल्दै क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले बीबीए अध्ययन गर्न यहाँका विद्यार्थीहरु अन्यत्रै गएको प्रशंग उल्लेख गर्दै कार्यक्रम सन्चालनका लागि क्याम्पस प्रतिवद्ध रहेको बताएका थिए ।

छलफल कार्यक्रममा सहयाक डिन डा ध्र्रुबकुमार गौतम, जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगाना, प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, बानपा २ का वडाध्यक्ष जीवन आचार्य, अर्थशास्त्र केन्द्रिय विभागका ताराप्रसाद भुसाल, बाउबासंघका अध्यक्ष जयरा मभारी, क्याम्पस व्यवस्थापन समितिमा उपाध्यक्ष देवबहादुर श्रेष्ठ, स्ववियु अध्यक्ष मनबहादुर थाप मनिष पत्रकार आदिको सहभागिता रहेको थियो ।

क्याम्पस प्रमुख उपाध्यायको अध्यक्षतामा भएको छलफल कार्यक्रममा धौलागिरी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुखहरु तिलक प्रसाद कँडेल र हरिप्रसाद पाण्डेय, बिभिन्न विभाग प्रमुखहरु गोविन्द कँडेल, जोहन बज्राचार्य, डा दीन बहादुर थापा, डा सुदर्शन सिलवाल, सिद्धराज जोशी, विश्वबन्धु अधिकारी, विजय राज पन्त, बलराम शर्मा, कुलप्रसाद अधिकारी, चुडामणी पोखरेल, यमप्रसाद शर्मा, रमाराज कँडेल, प्रकाश प्रसाद सापकोटा, आँशिक प्रध्यापक संघका अध्यक्ष विष्णु प्रसाद चापागाईँ लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खरेलले जिल्ला प्रशासन कार्यालय बागलुङले अतिथीहरुलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै आज सबै अतिथीहरुलाई खादा ओढाई सम्मान व्यक्त गरेका थिए ।

तस्वीर सौजन्य: अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply