Sorry, that menu does not exist.
 

संविधान संशोधन विधयेक पारित भए मुलुकको सार्वभौमसत्ता नै खतरामा पर्छ- तिमिल्सिना

कृष्ण कँडेल, बुर्तिवाङ २०७३ फागुन २१ । नेकपा एमाले बागलुङ निर्वाचन क्षेत्र नम्बर–३ को दोस्रो क्षेत्रीय अधिवेशनको आज बुर्तिबाङ बजारमा उद्घाटन गरिएको छ । अधिवेशनको नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्रदेश नम्बर–४ का सह ईञ्चार्ज गणेश तिमिल्सिनाले उद्घाटन गरेका हुन् ।

कार्यक्रमको उद्घाटनपछि बोल्दै पोलिटब्युरो सदस्य तिमिल्सिनाले संविधान संशोधन विधेयक कुनैपछि हालतमा पारित हुन नदिने दावी गदैँ मुलुकलाई विखण्डन गर्ने विधेयक पारित भए मुलुकको सार्बभौमसत्ता नै खतरामा पर्ने तर्क बताए । उनले नेकपा एमाले निर्वाचन मार्फत संविधान कार्यान्वयन गरेर मुलुकको समृद्धि लागि अघि बढ्न चाहेको स्पष्ट पारे ।

पोलिटब्युरो सदस्य तथा संसदीय दलका सचेतक गोकुल घर्ती अहिले मधेशी, दलित जनजाती सवैको अधिकार र प्रतिनिधित्व सुनिश्चित गरेको भन्दै अहिलेको संविधान मधेश, महिला तथा जनजाती विरोधी भएको भन्नुको कुनै औचित्य नरहेको बताएका थिए । उनले प्राप्त उपलब्धिको रक्षाका लागि पनि निर्वाचन मार्फत संविधान कार्यान्वयनको खाँचो औँल्याएका थिए ।

कार्यक्रममा केन्द्रिय सदस्य भुपेन्द्र थापा, बैकल्पिक केन्द्रिय सदस्य गोविन्द नेपाली, बागलुङ जिल्ला अध्यक्ष ईन्द्रलाल सापकोटा, उपसचिव तथा निर्वाचन क्षेत्र नम्बर–३ का ईन्चार्ज विष्णु भुषाल, जिल्ला सदस्य शान्ति अधिकारी र प्रेम गलामीले मुलुकको समृद्धि र विकासका लागि आगामी निर्वाचनमा एमालेलाई मतदान गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा नेकपा एमालेका नेता तथा किसान महासंघका स्थायी समिति सदस्य मोहनलाल शर्मा, बेगबहादुर पुन र गुणानिधि घिमिरेलाई पार्टिका लागि विशेष योगदान गरेको भन्दै सम्मान गरिएको थियो ।

सो अवसरमा राष्ट्रिय जनसांस्कृतिक मञ्चका कलाकारहरुले प्रगतिशील गीत र नृत्य प्रस्तुत गरेका थिए । उद्घाटन कार्यक्रम क्षेत्रीय संयोजक ज्ञानप्रसाद कँडेलको अध्यक्षता, जिल्ला सदस्य केसर छन्त्यालको स्वागत र कृष्ण भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।

औपचारिक कार्यक्रम सुरु हुनुभन्दा पहिले बाजागाजा सहितको ¥यालीले बुर्तिबाङ बजार परिक्रमा गरेको थियो । उद्घाटन कार्यक्रमको रेडियो बुर्तिबाङले प्रत्यक्ष प्रसारण गरेको थियो । नयाँ नेतृत्व चयनका लागि अहिले बन्दसत्र भैरहेको एमालेले जनाएको छ ।

निर्वाचन क्षेत्र नम्बर–३ का २० गाविसबाट विधान अनुसार छनोट भएका १ सय १६ जना प्रीतनिधि सहभागी हुने अधिवेशनको बन्द सत्रले आगमी ३ बर्षे कार्यकालका लागि ३१ सदस्यीय नयाँ कार्या समिति निर्वाचन गर्नेछ ।

अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव र कोषाध्यक्ष सहित कार्यसमिति समावेशी हुने गरि नयाँ कार्यासमिति निर्वाचित हुने क्षेत्रीय संयोजक ज्ञानप्रसाद कँडेलले जानकरी दिए ।

अधिवेशनको नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण बिष्टले सम्बोधन गर्ने कार्यक्रम तय भएकोमा विष्ट आजदेखि सुरु हुने एमालेको मेचिकाली अभियानमा जानुपर्ने भएपछि उनको उपस्थिति भएन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply