Sorry, that menu does not exist.
 

बागलुङमा निजामती सेवा दिवस त्रिदिवसीय कार्यक्रमका साथ मनाईयो (तस्वीर)

अर्जुन ढकाल, बागलुङ २०७५ भदौ २२ । बागलुङ सदरमुकाममा निजामती सेवा दिवस २०७५ भदौ २०, २१ र २२ गते त्रिदिवसीय कार्यक्रमहरुको आयोजना गरी भव्यरुपमा मनाईएको छ ।

दिवसको पहिलो दिन निजामती सेवा दिवस मुल समारोह समितिको आयोजनामा बागलुङ नगरपालिका १ खुँदुर्के (मालढुंगा) देखी कालिका भगवतीको मन्दिर परिसर सम्म जाने बाटोको सरसफाई गरिएको थियो भने दिउँसो सब बन डिभिजन कार्यालय बागलुङ परिसरमा बृक्षारोपण कार्यक्रम गरिएको थियो । कार्यक्रमको दोश्रो दिन बिहान जिल्ला समन्वय समितिको कार्यालयमा अफिसर्स क्लबको संयोजनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । हिँजै दिउसो जनप्रतिनिधी एवं कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरिएको थियो ।

निजामती सेवा दिवसको मुल समारोह समितिका आयोजनामा भदौ २२ गते शुक्रबार मुख्य समारोहको दिन विहान कर्मचारीहरुको जलुसव्दारा नगर परिक्रमा गरिएको थियो । जुलुसमा राष्ट्रसेवक कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

नगर परिक्रमा पश्चात आयोजित मुल समारोहमा प्रमुख अतिथी पोखरा उच्च अदालत बागलुङ इजलासका मुख्य न्यायाधीश शेषराज शिवाकोटीले बिगतको भन्दा निजामती सेवामा चुस्तता, पारदर्शिता एवं सेवामुखी प्रशासनको विकास भएको बताए भने अध्यक्षको आसनबाट बोल्दै निजामती सेवा दिवस मुल समारोह समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बागलुङलाई सुशासन र सेवामैत्री जनप्रशासन युक्त जिल्ला बनाउन हामी सबै राष्ट्रसेवक कर्मचारीहरु लाग्नु पर्ने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख विष्णु भुसाल, बानपा २ का वडाध्यक्ष जीवन आचार्य, नेपाल पत्रकार महासंघका सभापति दिल श्रीस, जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख प्रशासक एवं अफिसर्स क्लबका अध्यक्ष दिपक तिवारी, महिला कर्मचारीका तर्फबाट सरिता शर्मा, राष्ट्रिय निजामती कर्मचारी संगठनका प्रतिनिधी तेजराज गौतम, नेपाल निजामती कर्मचारी युनियनका उपाध्यक्ष बेद प्रकाश घिमिरे, नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष रामप्रसाद उपाध्याय तथा संगठनका केन्दिय उपाध्यक्ष घनश्याम सापकोटा, सेवा निबृत्त कर्मचारीका तर्फबाट चिरन्जीवी श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरको स्वागत मन्तव्य रहेको थियो भने सन्चालन निजामती कर्मचारीहरुको आधिकारिक ट्रेडयुनियन बागलुङका अध्यक्ष तेजरप्रसाद निउरेले गरेका थिए ।

सोहि समारोहमा बागलुङ जिल्लामा धेरै लामो समयदेखी सेवारत जिल्ला हुलाक कार्यलय बागलुङकी महिला कर्मचारी कमला शर्मा तथा उच्च सरकारी वकिल कार्यालय बागलुङमा कार्यरत शाखा अधिकृत तारानाथ शर्मालाई दोसल्ला ओढाई प्रमाणपत्र सहित प्रमुख अतिथी शिवाकोटीले सम्मानित गरेका थिए ।

यसैगरी पूर्व निजमती कर्मचारीहरु मध्य जेष्ठ चार जनालाई पनि सो अवसरमा दोसल्ला र प्रमाणपत्रव्दारा सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा तेजराज उपाध्याय, कृष्णमणि बुद्धाचार्य, बालचन्द्र शर्मा र बुद्धिराज शर्मा रहेका छन् ।

सोहि अवसरमा हिँजो सम्पन्न जनप्रतिनिधी तथा कर्मचारी बीचको मैत्रिपूर्ण फुटबल प्रतियोगिताको उपविजेता टिमका लिडर जिससका उपप्रमुख विष्णु भुषाल एवं विजेता टिमका लिडर प्रजिअ बेदप्रसाद खरेल लगायत सम्पूर्ण सहभागी खेलाडीहरुलाई पुरस्कृत गरिएको तेज प्रसाद निउरेले ईबागलुङलाई जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply