Sorry, that menu does not exist.
 

गल्कोट रिघाको दरखाने कार्यक्रममा जे देखियो … हेरौं तस्बीर !

कमल पौडेल, गल्कोट रिघा २०७५ भदौ २२ । महिला जागरण समन्वय समिति रिघाको आयोजना तथा वडा कार्यालय तथा हेल्थपोष्टको समन्वयमा हरितालिका तीजको अवसरमा शुभकामना आदन प्रदान तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा वडा अध्यक्ष डम्बर वहादुर श्रीसले तीजी पर्व साँस्कृतिक पर्व भएको र यसले महिला अधिकारको पक्षमा आवाज वुलन्द गर्न सहयोग पुग्ने वताए । कार्यक्रममा वडा सदस्य माया सिंजाली, रत्न लक्ष्मी माविका प्रधानाध्यापक दामोदर शर्मा, सहायक प्रधानाध्यापक तुल वहादुर श्रीस, अभियान कृषि सहकारीका अध्यक्ष देव वहादुर विक, समाजसेवी शंकर प्रसाद पुन, महिला जमुना श्रीस, शिक्षिका यमुना खरेल, सामुदायीक वनका लालमाया घर्ति लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम अध्यक्ष गंगा श्रीसको अध्यक्षता, महिला स्वास्थ्य स्वयंसेविका चन्द्र रामजाली सिंजालीको स्वागत मन्तव्य तथा उपाध्यक्ष माया श्रीसको संचालनमा सम्पन्न भएको थियो।

सो अवसरमा आमा समुहको तर्फवाट तिजिगित कार्यक्रम तथा रत्नलक्ष्मी माविको तर्फवाट अन्तरसदनात्मक तीजीगीत प्रतियोगीता समेत संचालन गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply