Sorry, that menu does not exist.
 

म्याग्दी बहुमुखी क्याम्पसमा अनेरास्ववियुको बिरोधपछी शुल्क बृद्धि स्थगित !

म्याग्दी २०७३ पुस २० । कर्मचारीको तलब बृद्धिलाई कारण देखाउदै म्याग्दी बहुमुखी क्याम्पसको सन्चालक समितिले चार बर्षे स्नातक तहमा गरेको शुल्क बृद्धिको निर्णयका बिरुद्ध विद्यार्थीहरु उत्रिएपछी मंगलवार क्याम्पसमा भएको सर्वपक्षिय बैठकले तत्कालको लागि क्याम्पसले गरेको शुल्क बृद्धिलाई स्थगन गर्ने निर्णय गरेको छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा सञ्चालक समितिका पदाधिकारी, राजनितिक दलका, विद्यार्थी संगठनका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी लगायतको सहभागिता रहेको थियो ।

क्याम्पसमा भएको सर्वपक्षिय बैठकले तत्कालको लागि क्याम्पसले गरेको शुल्क बृद्धिलाई स्थगन गर्ने निर्णय गरेको क्याम्पस प्रमुख टिकाराम सापकोटाले बताए । उनले सञ्चालक समितिले पुनः अन्य विकल्पहरुको समेत खोजि गरि सम्बद्ध सरोकारवालासंग छलफल गरि शुल्क समायोजन गर्ने जानकारी दिए ।

असोज १२ गते क्याम्पस सञ्चालक समितिल स्नातक तहमा रहेको रु ६ सय २५ मासिक शुल्क बढाएर प्रथम बर्षमा ८ सय, दोस्रो बर्षमा ९ सय, तेस्रो बर्षमा १ हजार र चौथो बर्षमा १ हजार १ सय कायम गर्ने निर्णय गरेको थियो । क्याम्पसमा गरिएको शुल्क बृद्धि को बिरोधमा अनेरास्ववियूले चरणबद्ध रुपमा आन्दोलन गर्दै क्याम्पस प्रमुख, सञ्चालक समितिका अध्यक्षलाई ज्ञापन पत्र, क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी देखि क्याम्पसमा धर्ना समेत दिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply