बागलुङ (खर्वाङ) २०७३ फागुन २२ । रिघा गाविस- ७ मनेवापाटा बाट खसेको भीषण पहिरोले (मध्यपहाडी लोकमार्ग हुँदै दरमखोलामा खसेपछी) दरम खोला पुरै थुनिएर ताल बनेको हाम्रा सहकर्मी कमल पौडेलले जानकारी दिएका छन् । पौडेलका अनुसार पहिरो करीब २ सय मिटर माथी बाट खसेको हो ।मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ ।
विहान ५ बजेको समयको एक्कासी खसेको पहिरोले मनकुमारी शाहीको घर जोखिममा परेको छ । उनलाई प्रहरी उद्धार गरी अन्यत्र सारेको छ । पहिरो खसेर थुनिएको दरमखोलाबाट अझै पानी बगेको छैन । ताल एक्कासी फुट्ने सम्भावना हुनाले त्यस देखी तलको वस्तीलाई प्रहरीले सजग र सतर्क रहन अपील गरिरहेको छ । पानी तालको माथीबाट खुलाउने प्रयासमा प्रहरी र स्थानीयवासी लागेका छन् । ताल एकैचोटी फुट्ने जलत्रासले त्यस तलका वासिन्दा त्राहिमाम छन् । खोला किनारका खेती योग्य जमीन बगाउने खतरबाट स्थानीय चिन्तामा छन् ।
पहिरोले खोला थुनिएर ताल बनेको ठाउँमा प्रनानि भोजबहादुर बानियाँको कमाण्डमा प्रहरी टोली पुगेको छ ।
अपडेट:
ताल माथीबाट पानी बग्न थालेपछी स्थानीयले केहि राहत महसूस गरेका छन् । खतराको सन्त्रास भने कायम रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।
अपडेट एक महिलाको मृत्यु (१० बजे)
पहिरोले विद्युत पोल पल्टिदा करेण्ट लागेर एक महिलाको मृत्यु भएको छ । सहकर्मी पौडेलले दिएको जानकारी अनुसार रिघा- ७ कल्छी गाईघाटकी वर्ष ५६ की मनकुमारी नेपालीलाई विद्युत करेण्ट लागेर गल्कोट हटियामा उपचारका क्रमको निज महिलाको मृत्यु भएको हो ।
तालको पानी एक मिटर घटेको छ र घटने क्रम रहेको पनि सहकर्मी पौडेलले बताए ।
थप विवरण आउन बाँकी ।