Sorry, that menu does not exist.
 

बेगनास तालमा बेपत्ता ६ जना अझै फेला परेनन

प्रेम सुनार, पोखरा २०७५ भदौ २४ । पोखराको बेगनास तालमा हिजो दिउँसो करिव १२ बजेको समयमा डुङ्गा डुबेर पेपत्ता भएका ६ जना अझै फेला पर्न सकेका छैनन । हिजो डुबेर दुई जनाको मृत्यु भएको थियो भने दुई जना पौडिएर बाँच्न सफल भएका थिए । आज बिहान जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता रविन्द्रमान गुरुङ्ग संग सम्पर्क राख्दा उनले भने आज रातैभर हामी सुत्न पाएका छैनौं , बेपक्ता ६ जना अझै फेला परेका छैनन , अब केहि बेर पछि रेस्क्यु गरिदैछ । दरखानका लागि १० जना डुङ्गा चढेर पारी जाने क्रममा ढुङ्गा भित्र पानीको वहाव बढे पछि पल्टीएको थियो । १० जना सबार डुंगा पल्टिदाँ २ जना महिलाको मृत्यु भएको छ भने ६ जना बेपत्ता छन् । २ जनाको उद्धार भएको छ।

उद्दारपछि अस्पताल पुर्‍याईएकी तनहुँ जिल्लाकी ३२ वर्षिय जमुना कडेँल र नवलपरासी घर बताईएकी ५१ वर्षिया कृष्णकुमारी कडेँलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

बषए ५ का प्राचीन पौडेल, बर्ष ६ का शंकर खनाल, बर्ष ८ का शिव खनाल र बर्ष ३२ का रवी खनाल तालमा बेपत्ता भएको प्रहरी प्रबक्त गुरुङ्गले जानकारी दिए ।

रबी खनाल नेपाली सेनाका जवान हुन । तालबाट २८ वर्षिय सपना खनाल र निशा पौडेललाई स्थानीयले उद्दार गरेका थिए। डुंगामा एक्लै गएका कमलराज कँडेल तालमा आफन्त डुबेको देखेपछि बचाउन गएका थिए। तर, उनलाई पनि स्थानीयले उद्धार गरे। उनी अहिले बेहोस अवस्थामा छन् ।
छोराहरु हातबाट फुस्कीए म पौडिएर बाँचे

पौडिएर बाँच्ने मध्यकी सपना खनाल भन्छिन डुङ्गामा पानी भरिए पछि डुब्न थालेको थियो । मेरा दुई छोराहरुलाई समातेकी थिएँ उनिहरु डुबे । म पौडिएर बाँच्न सफल भएकी हुँ । उननले भक्कानिदै भनिन–‘ ‘केही बेर दुबै छोरालाई समातेर बसेकी थिए,’ ‘लामो समयसम्म उद्धारमा कोही नआए पछि उनीहरू हातबाट फुस्किएका थिए । ,

बाँच्न सफल अर्का कमल कडेँलले आफन्त चढेको डुंगा नजिकै पुग्दा बच्चा खसेको देखेका थिए । त्यसपछि आमा अत्तालिदैं तालमा हामफाल्दा सन्तुलन विग्रिएर डुंगा पल्टिएको देखेपछि उनि डुंगामै बेहोस भई तालमा खसेका थिए। उनलाई पनि समयमै उद्दार गरिएको थियो ।

बेगनास तालको डुंगाघाटबाट घटनास्थल पुग्न डुंगामा झण्डै आधा घण्टा लाग्छ। वेपत्ता भएकाहरूको उद्दारको लागि तिन वटै सुरक्षा निकाय सक्रिय रहेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply