Sorry, that menu does not exist.
 

कुँडुलेमा निर्माणाधीन स्वामी श्रीधराचार्य शालग्राम संग्रहालयको निर्माण द्रुत गतिमा !

अर्जुन ढकाल, बागलुङ २०७५ भदौ २५ । बागलुङ नगरपालिका ४ कुँडुलेमा बनिरहेको स्वामी श्रीधराचार्य शालग्राम संग्रहालयको निर्माणकार्य द्रुतगतिमा भैरहेको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बताएका छन् । प्रजिअ खरेलले आईतबार उक्त निर्माणाधीन गुफाको अवलोकन पछी यस्तो बताएका हुन् ।

कुँडुलेमा निर्माणाधीन मुलुककै पहिलो शालिग्राम शीला संग्राहालयको गण्डकी प्रदेशमा मन्त्री विकास लम्सालले गत भदौ १ गते एक समारोहका वीच शिलान्याश गरेका थिए ।

७३ मिटर लामो गुफा (सुरुङ) निर्माण सम्पन्न गरी यस संग्राहालयमा पवित्र कालीगण्डकी नदीमा पाईने भगवान विष्णुको रुपमा पूजिने २० हजार शालिग्राम शीला राखिने श्रीरंगवेंकटेश मुक्तीनारायण मन्दिरमा अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले जानकारी दिएका छन् ।

निर्माणाधीन श्रीरंगवेंकटेश मुक्तीनारायण मन्दिर परिसरमा बन्ने ‘स्वामी श्रीधराचार्य शालग्राम संग्रहालय’ को नामबाट निर्माण सुरु गरिएको सग्राहलयको कुल लागत ४ करोड रुपयाँ रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply