झरना कँडेल बुर्तिवाङ २०७५ भदौ २५ । ढोरपाटन नगरपालिका १ बुर्तिबाङ बजारको बिभिन्न स्थानमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
हरितालीका तीजको मुखैमा ईलाका प्रहरी कार्यालय बुर्तिबाङ र बुर्तिबाङ राईजिङ युवा क्लबको संयुक्त आयोजनामा बुर्तिवाङ बजार स्थित बसपार्क, विद्यालय, मन्दिर लगायत सार्वजनिक स्थलहरुसरसफाई गरिएको हो ।
बुर्तिबाङ बषपार्कबाट सुरु गरिएको सरसफाई कार्यक्रम बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र, उत्तरगंगा माध्यमिक बिद्यालय, कालिका मन्दिर परीसर एवं बजार सरसफाई गरी नगरपालिकाको ट्याक्टरमा फोहोर उठाई बिर्सजन गरिएको छ ।
सो अबसरमा बीआरवाईसी तथा प्रहरी सेवा केन्द्रको भवन अगाडि बिगत केहि समय अगाडी देखी एक महिलाले थुपार्दै आएको फोहोर पनि संकलन गरिएको थियो ।
सो अबसरमा ईलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी नायब निरीक्षक राजु लामा , ट्राफीक प्रहरी प्रमुख बसन्त पौडेल ,बुर्तिबाङ राईजिङ युवा क्लबका अध्यक्ष यामु पौवी, उपाध्यक्ष सुरज बिक, महिला उपाध्यक्ष ममता गैरे लगायत अन्य पदाधिकारी तथा सुरक्षाकर्मी स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो ।
बुर्तिवाङ बजार स्थित बसपार्क निजामती सेवा दिवसका अवसरमा ३ दिन पहिले पनि राष्ट्रसेवक कर्मचारीहरुले सरसफाई गरेका थिए भने आज प्रहरी क्लबका कार्यकर्ताहरु सरसफाई गरेका छन् । बुर्तिवाङ राईजिङ युवा क्लबका नवनिर्वाचित पदाधिकारीहरुको सक्रियता र ईलाका प्रहरी कार्यालयको समन्वयमा आज विहान गरिएको बुर्तिवाङ बजार सरसफाई कार्यक्रमले यहाँका सामाजिक अभियन्ताहरु, उद्योग व्यवसायी, साहु महाजन, जनप्रतिनिधीहरु लगायत बजारबासीलाई आफ्नो घरआगन सदा सफा राख्ने सचेतना दिएको विश्वास गरिएको छ ।