Sorry, that menu does not exist.
 

संगीन जीसीको हत्यारा पत्ता लगाउ भन्दै बुर्तिवाङ बजारमा निस्कियो हजारौँको मौन -याली !

झरना कँडेल, बुर्तिवाङ २०७५ भदौ २५ । बुर्तिबाङका २२ बर्षीय संगीन जीसी काठमाडौको स्वयम्भू जंगलमा हत्या भएको आज १५ औँ दिन पुग्दा सम्म पनि हत्यारा पत्ता नलागेको भन्दै बुर्तिबाङमा आज मौन र्याली निकालिएको छ ।

बुर्तिबाङ राईजिङ युवा क्लबको आह्वानमा यहाँ स्थित बिभिन्न संघ सस्थाका प्रतिनीधी राजनीतिक दल तथा महिला,युवा लगायत सम्पुर्ण बजारबासीले मौन र्यालीमा सहाभागिता जनाएका थिए ।

संगीन जीसीको हत्यारालाई अबिलम्ब खोजी र कारवाही गर, संगीन जीसीको हत्यारालाई तत्काल सार्बजनीक गर, सत्य तथ्यको छानबिन गरी हत्यारालाई हदैसम्मको कारवाही गर ! आदि नारा लेखिएको प्लेकार्ड सहित बुर्तिबाङ बषपार्कबाट सुरु भएको र्याली भगवती मन्दीर, शान्तिटोल , स्वामीबोट , उपल्लो बजार पुल्चोक , बुर्तिबाङ कभर्डहल , ईलाका प्रशासन कार्यलय बुर्तिबाङ, लक्ष्मीमार्ग , ढोरपाटन नगरपालीकाकाको कार्यालय , सिनेमारोड , देबचोक ,ईलाका प्रहरी कार्यालय बुर्तिबाङ हुदै फेरी बषपार्कमै पुगेर समापन भएको थियो ।

मौन र्यालीकै अबसरमा ईलाका प्रशासन कार्यलय बुर्तिबाङ, ढोरपाटन नगरपालकाको कार्यलय र ईलाका प्रहरी कार्यलयमा ध्यानाकषर्ण पत्र बुझाईएको छ ।

ढोरपाटन नगरपालिकाका उपप्रमुख करमती पुन, ईलाका प्रशासन कार्यलयका नायब सुब्बा नन्दराम भुषाल र लोक बहादुर कुंवर र ईलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी नायब निरीक्षक राजु लामालाई बुर्तिबाङ राईजिङ युवा क्लबका अध्यक्ष यामु पा्ैबी , उपाध्यक्ष लगायत अन्य पदाधिकारी तथा युवाहरुले ध्यानाकर्षण पत्र बुझाएका हुन ।

ध्यानाकर्षण पत्र बुझ्दै आफ्नो स्थानबाट गृह प्रशासन सम्म यो आवाज पुर्याने प्रतिबद्धता ब्यक्त गर्दै हत्यारालाई कारवाहीको माग गर्दै, पीडकलाई न्याय दिनुपर्ने बताएका थिए ।

सोही अबसरमा बोल्ने बक्ताहरुले , बुर्तिबाङका २२ बर्षीय जी.सीको सुुनियोजित तथा क्रुर तरीकाले हत्या भएको र हत्यारा पत्ता लगाउनुको सट्टा गृह प्रशासन तथा प्रहरी प्रशासन मौन रहेको भन्दै दुःख ब्यक्त गरेका थिए । साथै अपराधिलाई तुरुन्त पत्ता लगाई कारवाही गर्न माग गर्दै मृतकप्रति श्रद्धाञ्जली ब्यक्त गरेका छन ।

सो अबसरमा बुर्तिबाङका ज्येष्ठ नागरिक समाजसेवी हर्क बहादुर गुरुङ, शालीकराम शर्मा टंकप्रसाद पौडेल, हिरालाल पौडेल, हरि बहादुर कुवंर, दिलमायाँ पौबी, तुल्सीराम अर्याल, दल बहादुर भण्डारी, पुरन पाण्डे, धन बहादुर कुवंर लगायतका बक्ताहरुले अश्रुधारा सहित श्रदाञ्जली ब्यक्त गर्दै हत्यारालाई हदै सम्मको कारवाहीको माग गरेका थिए ।

जीसीको शब भेटिएको आज नवौँ दिनमा पशपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ ।

जिसी रक्षाबन्धनको दिन दिउसो मोवाईल चार्जमै राखेर एकैछिनमा आउछु भनि निस्किएका थिए । साँझ सम्म नआएपछि आत्तीएका परिवारजनले भोलीपल्ट प्रहरी परिसर स्वयम्भुमा खोजीपाउ भन्ने निबेदन दिएका थिए ।

जिसीको शब भदौ १७ गतेका दिन स्वयम्भुको जंगलमा बिभत्स रुपमा हत्या गरि फालिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । जीसीको शिरच्छेदन गरेको अवस्थामा शव फेला पारी शिक्षण अस्पताल महाराजगंजमा लगी परिवारलाई खबर गरेको थियो । परिवारजन तथा बुर्तिबाङबासीले भने शब भेटिएपनि तत्कालै घट्नास्थलमै नबोलाई अस्पतालमा लगेरमात्रै खबर गरेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply