बागलुङ २०७५ भदौ २५ । गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले देशमा रोजगारी मुलक गुणस्तरीय शिक्षा आवश्यक रहेको बताएकी छन् । मन्त्री पुन सोमबार बागलुङ नगरपालिका ७ मुलपानी स्थित मुलपानी माविको ६१ औँ बार्षिकोत्सव समारोहमा प्रमुख अतिथीको आसनबाट बोल्दै यस्तो बताएकी हुन् ।् मन्त्री पुनले सबैको ध्यान जीवनोपयोगी शिक्षा तर्फ केन्द्रित हुनु पर्ने बताईन् ।
सो अवसरमा मन्त्री पुनले मुलपानी माविका संस्थापक स्व डोलेन्द्र राज पन्तको अर्धकदको शालिकको अनावरण गरेकी थिईन । सो विद्यालय २०१५ साल भदौ २५ गते स्थापना भएको थियो । संस्थापक स्व पन्तको विसं २०३७ साल असार २२ गते निधन भएको थियो ।
वार्षिकोत्सव समारोहमा प्रदेश सांसद ईन्द्रराज सापकोटाले विद्यालयबाट प्रकाशित समारिकाको विमोचन गरेका थिए भने शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख कुस्मराज उपाध्यायले ईलाईब्रेरीको उद्घाटन गरेका थिए ।
कार्यक्रममा मन्त्री पुनले विद्यालयका संस्थापक स्व डोलेन्द्रराज पन्तक िधर्मपत्नी बेलकुमारी पन्तलाई सम्मानित गरेकी थिईन् । यसैगरी उनले बानपा वडा नं ७ का अध्यक्ष खगराज पाण्डे, शालिक निर्माण समितिका अध्यक्ष समाजसेवी विश्वनाथ रेग्मी, शिक्षिका ईन्द्रा खडका तथा शिक्षक शिव प्रसाद गौतमलाई पनि सम्मानित गरेकी थिईन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीबहादुर केसीको अध्यक्षतामा भएको विद्यालयको ६१ औँ वार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक चुडामणी सुवेदीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो अवसरमा समाजसेवी एवं तत्कालीन प्रधानपन्ध लालबहादुर केसी, वडाध्यक्ष खगराज पाण्डे, समाजसेवी विश्वनाथ रेग्मी लगायत विभिन्न व्यक्तिहरुले मन्तव्य राखेका थिए । शिक्षिका ईन्द्रा खडकाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सन्चालन शिक्षक नेत्र सिलवाल र शिक्षक शिव प्रसाद गौतमले गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले सास्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।
सो अवसरमा मन्त्री पुनले विद्यार्थीहरुले तयार गरेको विज्ञान प्रदर्शनीको पनि अवलोकन गरेकी थिईन् ।
वाषिृकोत्सव समारोहमा प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल, प्रहरी उपरीक्षक दिपक रेग्मी शिक्षा विकास समन्वय ईकाई प्रमुख कुस्मराज उपाध्याय लगायत स्थानीयको व्यापक उपस्थिती रिहेको थियो ।
तस्वीर- अर्जुन ढकाल, बागलुङ ।