मेघराज रिष्मेली, जापान २०७५ भदाै २९ (२०१८-०९-१४) । जापान नेपाली एकता समाज केन्द्रीय समिति व्दारा आयोजना गरिएको तीज धमाका २०१८ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
नेपाली महिलाहरूको महानपर्व हरितालिका तीजको अवसर पारेर गत बुधबार अर्थात सेप्टेम्बर १२ तारिखका दिन सिन ओसाकाको को को प्लाजामा सयौं दर्शकको उपस्थितिमा सम्पन्न भएको आयोजकले जानकारी दिएका छन ।
कार्यक्रममा जनवादी गायक लिला परियारको साथमा लोक दोहोरी गायक दुर्गेश कार्की, दिनेश केसी, दिपक केसीले अाआफ्नो प्रस्तुति दिदा महिला दिदी बहिनी दाजुभाइ मज्जाले नाचेका थिए । त्यसको बिच बिचमा नौमति बाजाले अझै रौनक थपेको थियो । कार्यक्रममा जापानको ओसाका (कान्साई) मा रहेका विभिन्न महिला समुहहरु थाकाचुकी समुहको नेतृत्व जया पौडेल, सुइता समुहको नेतृत्व खिमा सापकोटा र हिराकाता समुहको नेतृत्व मिना केसी गरि सामुहिक तीज गीत र नृत्य प्रस्तुत गरेका थिए । बिच बिचमा रक्तिम अभियान जापानले रक्तिम गीत र नृत्य पस्तुत गरेका थिए ।
कार्यक्रम समाजसेवी तुल्सीराम खरेल, आत्मराम गैरे, राजु गैरे, नरी कँडेल, हर्क थापा त्यस्तै बिभिन्न सँघ संस्थाका प्रतिनिधिको उपस्थित रहेको थियो ।
कार्यक्रम माया केसीको अध्यक्षता भिम केसीको बिशिस्ट आतिथ्यता , एकता समाजका अध्यक्ष यमलाल सापकोटाको प्रमुख आतिथ्यता ,महिला नेतृ मिना के सीको स्वागत मन्तब्य महासचिव तेजेन्द्र क्षेत्रीको सञ्चालन र साँस्कृतिक कार्यक्रम रक्तिम अभियान जापानका सँयोजक सचित्र के सीले गरेका थिए ।
यसैवीच टुकी ईन्टर्टेन्टमेन्टको अायाेजनामा तीज कार्यक्रम सम्पन्न भएकाे छ । बिहीबार जापानको चिबा मै पिहलोपटक टुकी इन्टर्टेन्मेन्टको आयोजनामा सेप्टेम्बर ११ का दिन समाजसेबी जित बहादुर खत्रीको प्रमुख अतिथ्य फुनबासी सिटी हलमा स्थानिय गायक बिवस गैरे र बिष्णु कंडेल माहोल तताउन सुरुवात गरेका थिए ।
लोक गायक राम जी खाड र देवी घर्तीले गाउदा सबै सिट छाडेर छम छम स्टेट्जमै कुमार श्रेष्ठको उद्घोषण र हास्यब्यङग प्रस्तुती
लक्की ड्र मार्फत एक जनालाई २०००० को उपहार कुपन उपहार एस आर हाउस अफ बुटिक कलेक्सन् सिन्जुकुको तर्फबाट
रकम बालाजुको अनाथ आस्रमालाई सहयोग गरिने सम्योजक रमेश कुमार खत्री को भनाइ थियो ।