Sorry, that menu does not exist.
 

तुरतुरेको पहिरोले देविस्थान खानेपानी योजना बगाएपछी भिङगिठेका हजारौ जनता काकाकुल !

दिनेश शर्मा, बागलुङ (भिङगिठे), २०७५ भदौ ३१ । बुर्तिवाङ र भिङगिठेका सीमानामा रहेको तुरतुरेमा शुक्रबार राति गएको भीषण पहिरोले भिङगिठेको देविस्थान खानेपानी आयोजना ध्वस्त बनाएपछी बडीगाड गाउपालिका ७, साविक भिङगिठे गाविसको घोकर्ना, दोबाटा बजार, गिठे, देविस्थानका गरी करीब ३ सय घरधुरीका जनताका साथै दोबाटामा रहेको प्रहरी चौकी, स्वास्थ्य चौकी, भिङगिठे मावि र भिङगिठे आदर्श एकेडमीमा अध्ययनरत झण्डै एक हजार विद्यार्थीहरुलाई पानीको समस्या परेको छ ।

पहिरोले खानेपानी योजना बगाएपछी स्थानीयहरु आसपासका कुना काप्चामा जम्मा भएको पानी गाग्रीमा बोकेर प्यास बुझाई रहेका छन् भने बजार क्षेत्रका बासिन्दाले तल खोलाबाट गाडीमा पानी ल्याएर खाई रहेका छन् ।

्स्थानीय समाजसेवी एवं बुध्द माबि खाल बजारका प्रधानाध्यापक कमल अधिकारीले खानेपानीको हाहाकार भयो, स्थानीयहरु गाग्री बोकेर पानीको खोजीमा यत्रतत्र भौँतारी रहेको् जानकारी दिए ।

पहिरो सँगै जोडिएको घोकर्ना र त्यस आसपासका जनताले पहिरो छेउमै रहेको धमिलो पानी ल्याएर प्रयोग गरिरहेकाले झाडापखालाको समस्या आईलाग्न सक्ने संभावना रहेको स्थानीयवासीले औँल्याएका छन् ।

खानेपानीको अभावले काकाकुल बनेका स्थानीयवासीले तत्कालै बैकल्पिक उपाय गर्न गाउपालिका र सरोकारवाला निकायसंग करबद्ध आग्रह गरेका छन् ।

यसैवीच तुरतुरेको पहिरोले मध्य पहाडी लोकमार्ग अवरुद्ध बनेपछी स्थानीय लगायत काम विशेषले सदरमुकाम वा अन्यत्र जानु पर्ने यात्रुहरु बुर्तिवाङ बजार पारीको सिमलचौरबाट बडीगाडको मालारानी र बल्घास हुँदै त्यहाँको पुल तरेर भिङगिठे बजार आवत जावत गरिहेका छन् । यति बाटो छिचोल्न करीव अढाई घण्टा समय लाग्ने यात्रुहरुको भनाई रहेको छ ।

तस्वीर- अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply