घनश्याम गौतम, गल्कोट २०७५ भदौ ३१ । गल्कोट हटियामा कवाडी कारोवार गरी बस्दै आएका भारतीय नागरिक रामबाबु कुमारलाई अस्ति राति कोठाबाट समाती अपहरण शैलीमा रिघाको जंगलमा लगेर निर्घात कुटपीट गरी मरणासन्न अवस्थामा छोडेको घटनालाई लिएर आज स्थानीय व्यापारीहरुले स्वतस्फूर्तरुपमा गल्कोट बन्द गराएका छन् । उनिहरुले अपराधीहरुलाई पक्राउ गरी कानूनी कार्वाही नगरेसम्म बन्द जारी राख्नेपनि बताएका छन् ।
घटनामा संलग्न रहेकाहरु मध्य केहिलाई प्रहरीले नियन्त्रणमा लिएपनि केहि अझै फरार रहेका छन् ।
बन्दका कारण हटिया बजार बिहानै देखी पूर्णत बन्द छ भने छोटो र लामो दुरीका चल्ने यातायातका साधनहरु सन्चालनमा आएका छैनन् ।
हिँजो मात्रै बाउवासंघ गल्कोट ईकाईको आकष्मिक बैठक बसी घटनामा संलग्नलाई पक्राउ गरी कार्बाही गर्न विज्ञप्ती मार्फत प्रहरी, प्रशासन र स्थानीय निकायको ध्यानाकर्षण गराएको थियो ।
हटिया लोकतन्त्र चोकमा कवाडी ब्यवसाय सञ्चालन गर्दै आएका भारतका रामबाबु कुमारमाथी आफनै ब्यवसाय सञ्चालन गरेकै स्थानमा सुती रहेको अवस्थामा आपराधिक सुमहले अपहरण गरि रिघाको जंगलमा लगि मरणासन्त हुने गरि निर्घात कुटपिट गरेको प्रति गल्कोटको प्रहरी प्रशासन र स्थानिय निकायलाई सम्बन्धित ब्यक्तिको खोजी गरि तुरुन्त कार्वाहिको माग गर्दै ध्यानाकर्षण गराएको ईकाईका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी दिएका थिए ।