छविलाल पाण्डे, बुर्तिवाङ २०७५ असोज १ । ढोरपाटन नगरपालिका र बडीगाड गांउपालिकाको सिमानामा पर्ने तुरतुरे भन्ने स्थानमा गएको निरन्तरको पहिरोका कारण मध्यपहाडी लोकमार्ग खुलाउन केहि समय लाग्ने भन्दै पश्चिम बागलुङका चार स्थानिय तहको पहलमा बैकल्पिक सडक सञ्चालनमा ल्याईने भएको छ ।
ढोरपाटन नगरपालिकामा बसेको एक बैठकले बडीगाड गांउपालिकाको भिमगिठे छिस हुंदै सिस्नेरी, दर्लिङखोला हुंदै निसीखोला गांउपालिकाको भांजा ,राजकुत हुंदै ढोरपाटन नगरपालिकाको वडा नं २ तारीखेत सेरा सम्म आउने गरी सवारीका साधन सञ्चालनमा ल्याउने तयारी गरीएको छ ।
चाडपर्वको समयमा बजारमा खाद्य बस्तुको अभाव हुन नदिन तथा अत्याबश्यकीय बस्तु ओसार पसार तथा यात्रुलाई सहजता हुने गरी उतm सडक सञ्चालनमा ल्याउने निर्णय गरिएको हो ।
ढोरपाटन नगरपालिका, बडीगाड, तमानखोला र निसीखोला गांउपालिकाको पहलमा भोलि देखिनै सडक मर्मत गर्ने र तत्काल सडक सञ्चालनमा ल्याउने निर्णय भएको ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले ईबागलुङलाई बताए । नेपालीका अनुसार आजनै वडा नं २ र ३ का वडा अध्यक्षहरु युवराज महत, र हेमेन्द्र घर्ती, पत्रकार राम सुवेदीलाई सडकको अवस्थाको बिषयमा अध्ययनका निम्ती पठाईएको थियो ।
नगरप्रमुख नेपाली, बडीगाड गांउपालिका अध्यक्ष मेहरसिँह पाईजा, निसीखोला ७ का अध्यक्ष नहकुल कुवंर, ढोरपाटन नगर उपप्रमुख कर्मती पुन, ईलाका प्रशासन प्रमुख जनक थापा, ईलाका प्रहरी प्रमुख ओमप्रकाश यादब, समाजसेवी तुलिसराम अर्याल, चिन्तामणि शर्मा, केशर छन्त्याल, पत्रकार लगाएतको उपस्थितीमा भएको छलफलले यस्तो निर्णय गरिएको हो ।
त्यस्तै ढोरपाटन नगरपालिका २ सिमचौरमा पहिरोका कारण ताल बनेर घरगोठ डुवानमा रहेका परिवारलाई राहत स्वरुप ३ तले टिनको छानो भएको घर र एक गोठ डुवानमा परेका देविराम कुमालको परिवारलाई नगद रु ७५ हजार, २ तले टिनको छानोभएको घर र कुुखुरा फर्म डुवानमा परेका कृष्ण कुमालको परिवारलाई नगद रु ५० हजार , २ गोठ र ३ गोरु दुवानमा परेका चुडाबहादुर कुमाललाई नगद रु ४० हजार र गोठ दुवानमा परेका दुर्गा बहादुर कुमालका परिवारलाई रु २५ हजार रुपैया राहत उपलब्ध गराउने निर्णय पारित भएको छ ।
त्यसैगरी नगरप्रमुख नेपालीले आफनो व्यातिmगत तर्फदेखि घर डुवानमा परेका परिवारलाई घर बनाईदिने र गोठ डुवानमा परेकालाई कर्कटपाता उपलब्ध गराईदिने प्रतिबद्धता जनााएका छन् ।