भरत सापकोटा बागलुङ बिहुँ २०७५ असोज १ । काँठेखोला गाउंपालिका वडा ५बिहुँकोट जुकेपानिमा गत भदौ २७गते बाट जारी तीजी मेला आज पनि जारी रहेको छ।
कला संस्कृतिको संरक्षणमा टेवा पुर्याउने उद्धेश्यले आयोजना गरिएको कार्यक्रम बोल्दै वडा ५का वडा अध्यक्ष शिव प्रसाद कडेंलले खेलकुदको विकाशले यस क्षेत्रलाई चिनाउन र खेलाडी हरुलाई देश गहना कै रुपामा विकाश गर्न सम्भव रहेको बताए । उनले यस यस क्षेत्र बिभिन्न क्लव संघ संस्थाहरुले बिबिध साँस्कृतिक कार्यक्रम गर्दा यस क्षेत्रको विकाश मा थप टेवा पुग्ने बताए ।
सो कार्यक्रम नेपाली काग्रेस की जिल्ला सदस्य ज्ञानकुमारी श्रीष शर्मा नेपाली काग्रेस काँठेखोला संयोजक ज्ञामनाथ कडेंल लगाएतले बोलेका थिए ।
कार्यक्रममा वडा स्तरिय पुरुष भल प्रतियोगितामा २८टिमले सहभागि जनाएको आयेजकले जानकारी गराएको छ। सो खेलका पहिलो चरणका सबै खेल सकिएका छन् । आज भएको दोश्रो चरणका पहिलो खेलमा सेमिफाइनमा देउराली युवा क्लव घुष्मेली र ओपिसि सेन्टर भैसे गल्कोट बिच भएको खेल तिन दुईको सेट देउराली युवाक्लव फाईनल प्रवेश गयो भने अर्को खेलमा नमुना युवा क्लव वयेली सल्लेरी युवा क्लव नरेठाँटी बिच खेल जारी रहेको छ ।
भोलि सम्म चल्ने यस मेलामा घैटो फोर एकल नृत्य लगाएत प्रतियोगिता जारी छन्।
जंगबादुर बि क अध्यक्षता चलिरहेको यस कार्यक्रमको सन्चालन लाल बहादुर सुनारको रहेको छ। सृजना साँस्कृतिक युवा परिवार जुकेपानीको ६औ बार्षिक उत्सव तथा तीजी मेला आज पनि जारी छ ।