घनश्याम गौतम, बागलुङ (भिङगिठे) २०७५ असोज २ । बाईस वर्ष पहिले आफैले अध्यापन गरेको बिद्यालयले गरेको प्रगति देखेर प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले प्रशन्नता व्यक्त गरेका छन् ।
तुरतुरेको पहिरो निरीक्षणगर्न भिङगिठे पुगेका प्रजिअ खरेललाई आज विहान त्यहाँ स्थित भिङगिठे माबिले आयोजना गरेको स्वागत कार्यक्रममा बिसं २०१७ सालमा स्थापना भएको भिङगिठे माविमा प्रजिअ खरेलले २०५३ सालमा अध्यापन कार्य गरेको स्मरण गर्दै यस्तो प्रशन्नता व्यक्त गरेका हुन् । उनले विद्यालयलाई नमुनाको रुपमा विकास गरेकोमा खुशी समेत व्यक्त गरे ।
सो स्वागत कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सागर खरेलले विद्यालयको शैक्षिक सामाजिक लगायत समग्र पक्षमा प्रकाश पादै विगत २०६७ साल देखी कक्षा १२ सम्मको अध्यापन भैरहेको जानकारी गराएका थिए ।
कार्यक्रममा बडीगाड गाउपालिकाका अध्यक्ष मेहरसिँह पाईजा, मध्यपहाडी लोकमार्गका डिभिजन इन्जिनियर रमेश दृष्टि, जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत धिरेन्द्र पन्त, ईन्जिनियर रुपेन्द्र श्रेष्ठ लगायत स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।