Sorry, that menu does not exist.
 

बागलुङमा संविधान दिवस : प्रभातफेरी र अन्तरक्रिया कार्यक्रमगरी मनाईयो !

बागलुङ २०७५ असोज ३ । बागलुङ सदरमुकाममा प्रभातफेरी सहित संविधान दिवस मनाईएको छ । जिल्ला समन्वय समिति बागलुङको आयोजनामा प्रभात फेरी पश्चात अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी प्रतिनिधी सभा सदस्य देवेन्द्र पौडेल, प्रदेशसभा सदस्य कृष्ण थापा, प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल, नेपाली कागे्रसका सभापति दिपेन्द्र थापा, नेकपाबाट ज्ञामनाथ गैरे, राजमोका धर्मबहादुर कुवर, महिला नेतृ कुशुम बुढामगर, अधिवक्ता काजी गाउले लगायतले संविधान दिवसको महत्वबारे प्रकाश पारेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख विष्णु भुसालले स्वागत भाषण गरेका थिए ।

कार्यक्रममा बोल्ने सहभागीहरुले संविधानले दलित, उत्पिडीत तथा महिलाका लागि गरेको व्यवस्था राम्रो भएपनि सोही अनुरुपको कानून बनाउने र व्यवहारमा उतार्ने कार्य नभएको बताएका छन् । लामो समय देखि विभेद सहदैँ आएका दलित तथा उत्पिडित समुदायले नयाँ संविधान जारी भएपछि आशा र भरोसा पाएपनि अपेक्षाकृति हुन नसकेको बताएका छन् ।

बागलुङ नगरपालिकाले दिवसका अवसरमा धौलागिरि अञ्चल अस्पताल बागलुङमा फलफुल वितरण गर्नुका साथै चियापान कार्यक्रमको आयोजना गरी मनाएको छ । अस्पतालमा रहेको ३० जना विरामीहरुलाई फलफुल वितरण गरिएको थियो । नगरपालिकाका उपमेयर सुरेन्द्र खड्काले संविधान दिवस मनाउन पाउनु सबै जनताका लागि खुशीको बिषय भएकाले यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताए । उनले संविधानमा सबै जातजाति, लिङ्ग, भाषा, संस्कृति, महिलाका हक अधिकारलाई समावेश गरेर कानुन निर्माण भैरहेकाले सबैले सकरात्मक तरिकाले हेर्नुपर्ने बताए । कार्यक्रमको सञ्चालन नगरपालिकाका अखिल नाथ शर्माले गरेका थिए ।

यसैवीच बडीगाड गाउपालिका र खार माबिको आयोजनामा जुलुसले खारबजार परिक्रमा गरी संविधान दिवस मनाएको छ । जुलुस पश्चात आयोजित कार्यक्रममा गाउपालिका अध्यक्ष मेहरसिंह पाईजा लगायत विभिन्न वक्ताहरुले सविधान दिवस बारे मन्तव्य जाहेर गरेका थिए ।
तस्वीर -अर्जुन ढकाल/दिनेश शर्मा ।

यसैगरी ताराखोला गाउँपालिकाका वडा नम्बर ३ मा पनि संविधान दिवस मनाईएको छ । वडाअध्यक्ष दिल बहादुर बस्नेतले कार्यक्रममा बोल्दै आजको दिन नेपाली जनताको लागि खुशी दिन भएको बताए । उनले संविधान जारी भए संगै अब कार्यनवयन गर्न आबश्यक रहेको बताए । कायक्रममा ताराखोला गाउँपालिका वाड नम्बर ३ का वडा सदस्य भुपनारयण बगालेले मन्तव्य व्यक्त गरेका थिए । कायक्रम पत्रकार मन्दिप निउरेको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply