कोपिला कंडेल, बागलुङ २०७५ असोज ६ । शुक्रवार मात्रै बागलुङमा क्रियाशील तीन संस्थाहरुले जिल्ला प्रशासन कार्यालय बागलुङ मार्फत प्रधानमन्त्रीको नाममा ज्ञापन पत्र पठाएका छन् ।
यसरी प्रधानमन्त्रीको नाममा ज्ञापन पत्र पठाउनेहरुमा नेपाल विद्यार्थी संघ बागलुङले कन्चनपुरकी निर्मला पन्तको बलात्कार पछी हत्या गरिएको विषय र बुर्तिवाङका संगीन जीसीलाई काठमाडौमा गरिएको नृशंसा हत्या काण्डका अभियुक्तहरुलाई कार्बाहीको मागगर्दै, सदरमुकाम बागलुङ बजारमा स्थानीय युवाहरुको सक्रियतामा हत्यारा र बलात्कारीलाई कार्बाही गर भन्दै सत्य र अहिँशाको लागी गरिएको चौबीस घण्टे अनशन पश्चात सेतो कपडामा गरिएको हस्ताक्षर प्रधानमन्त्री कार्यालयमा पठाईदिन तथा राष्ट्रिय निजी तथा आवासीय बिद्यालय एसोसिएशन एनप्याब्सन नेपाल बागलुङले अनिबार्य तथा निशुल्क शिक्षाको सम्बन्धमा बनेको बिधेयक सच्चाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पत्र पठाएका छन् ।
छुट्टा छुट्टै कार्यक्रमहरुमा ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले प्राप्त ज्ञापन पत्रहरु तुरुन्तै प्रधानमन्त्री कार्यालयमा पठाईने प्रतिवद्धता व्यक्त गरेका थिए ।