प्रेम सुनार, गुल्मी २०७५ असाेज ६ । दैनिक जसो झरी–बर्षा र तिज पर्वको आ–आफ्नो रमझममा ब्यस्त मानिसका बाबजुद पनि गुल्मीको सदरमुकाममा रहेको उपल्लो तम्घस माध्यामिक विद्यालयले आयोजना गरेको शैक्षिक तथा धार्मिक महोत्सव–२०७५ सफल भएको छ । भदौ–३० गते देखि सुरु भएको महायज्ञको समापनको दिन सम्म झण्डै ८० लाख रुपैयाँ संकलन भएको छ ।
मुल आयोजक समिति , आर्थिक उपसमिति सयोजक देवराज पन्थीले जानकारी दिए । उनका अनुसार अरु थप हिसाव जोड्न बाँकी बाहेक आज आठौं र अन्तिम दिन सम्म ७८ लाख १ हजार ९ सय २१ संकलन भएको छ । कार्यक्रमको समापनका प्रमुख अतिथी पुर्व सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले सबै एकमत भई महायज्ञ सफल पार्ने आयोजक र सहयोगी सबैलाई धन्यवाद दिए ।
फरक क्षमता भएका वालवालिकाहरुलाई समेत अध्यान गराउने र सदरमुकाममै बत्ति मुनीको अँध्यारोको स्पष्ट उदाहरण भएको त्यस विद्यालयलाई माथी उठाउन आफ्नो सधैव साथ रहने उनले प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा सो पार्टीका गुल्मी जिल्ला पार्टी सभापति भुवनप्रसाद श्रेष्ठ, ‘सचिव खिलध्वज पन्थी लगायतको आतिथ्यता रहेको थियो ।
हिजो करिव २४ लाख संकलन भएको थियो भने आज १२ लाख भन्दा बढि संकलन भएको आयोजकले जनाएको छ । तिन दिन सम्म झरी प¥यो । चार दिन जति तिज पर्वको आफ्नै रमझममा मानिसहरु हुँदा पनि यति रकम उठ्नु र हरेक दिनको सहभागिता भब्य हुनुलाई सफल ठानेका छौं मुल आयोजक समिति संयोजक तथा वडा नम्वर ९ का वडाध्यक्ष नारायण बरालले भने हामी सबै सहयोगी र दानविरहरु प्रतिकृता जाहेर गर्दछौं ।
देश विदेशमा कार्यरत एउटै टोल उपल्लो तम्घासमा ३१ ज्ना ईञ्जिनियर रहेको पाईएको छ । ईञ्जिनियर पारश पन्थी र कृष्णप्रसाद पन्थीको संयोजनका ति ईञ्जिनियरहरुले आज ३ लाख १६ हजार ५ सय ५१ रुपैयाँ संकलन गरी महायज्ञमा दान गरेका छन । तम्घास सोता कै यमकान्त पाण्डे र धर्मपत्नी यमकली पाण्डे र छोराहरु , कृष्ण, गोपाल , वेद मोहन पाण्डे र छोरीहरुले आज सबै भन्दा बढि १ लाख ३३ हजार ५ सय ३३ रुपैयाँ दान गरेका छन ।
रेसुङ्गा नगरपालिकाका कर्मचारीहरुले ७२ हजार २ सय २५ रुपैयाँ दान गरेका छन । हिजो सोही पालिका प्रमुख डिल्लीराज भुसालले १ लाख २७ हजार दान गरेका थिए । चिन्तामणी निमकला प्रतिष्ठानका अध्यक्ष नन्दराम भुसालले ५१ ह्जार दान गरेका छन । दानविर सबैको नामवाली बिद्यालयले भोली देखि सार्वाजानिक गर्ने प्रधानध्यापक राममणी पन्थीले जानकारी दिए ।
प्रधानध्यापक पन्थीले सफल पार्न सहयोग पुराउने सबै प्रति धन्यबाद ज्ञापन गर्दै गौरव महशुस गरेको प्रतिकृया दिए ।
प्रचार प्रसार समिति संयोजक तथा वडा नम्वर ७ का वडाध्यक्ष मोहनप्रसाद पाण्डेले प्रतिकुल मौसम र चाड पर्वको रमझमका वावजुद पनि महायज्ञमा ब्यापक सहभागिता जुटेको प्रति खुशी ब्यक्त गर्दै हातमा हात मिलाउने सबै प्रति आभार प्रकट गरे ।
विद्यालयलाई कृषि व्यवसायिक तथा सुविधा सम्पन्न विद्यालय सञ्चालन र शैक्षिक विकासका लागि यो शैक्षिक तथा धार्मिक महोत्सव सञ्चालन गरिएको हो । भागवत मधुकर पण्डित पुरुषोतम शरण शास्त्रीको प्रमुख वाचकतत्वमा शैक्षिक क्रान्त्रीका अभियान्ता ईश्वर शरण महाराजको संगितमय प्रर्बचनमा महायज्ञ सम्पन्न भएको हो ।
महोत्सवका सचिवालय संयोजक गौतम का अनुसार सबै भन्दा उदाहरणीय काम जिल्लामा सम्भवतः पहिलो पटक उपल्लो तम्घासकी दलित समुदायकी बृद्धा ईन्द्रमाया सुनारको महायज्ञ मण्डपमै राखेर पण्डितहरुले चौरासी पुजा गराई दिएका छन । महायज्ञ विभेद रहित सनातन रह्यो । सम्भवतः जिल्ला मै पहिलो पटक बिद्यालयहरुको महायज्ञमा दलित समुदायका नारायण बरालले नेतृत्व गरेर ईतिहास रचेका छन ।
पालाको पहिचो फर्काएन कांग्रेसले विद्यालय ब्यवस्थापन समितिमा पुर्व एमालेको यति बेला बर्चस्व छ । पुर्व एमाले जनलाई यहि डर थियो कि पालाको पैंचो फर्काउँ छ कि कांग्रेसले भन्ने थियो । एक दशक अघि कांग्रेसले नेतृत्व गरेको त्यस विद्यालयले देउँसी भैलो खेलेर विद्यालयका आर्थिक गर्जो टार्ने प्रयास ग¥यो ।
तत्कालिन एमालेजनले देउँसी भैलोको दान पाँच पाँच रुपैयाँ सहयोग गर्छौ भन्दै त्यति नै दिदै दिन्छौ उपहास गरेका थिए । त्यही डर थियो पुर्व एमाले जनलाई ।यति बेला कांग्रेसजनले त्यो पालाको पैंचो फर्काएनन बरु मुख खोले । हिजो कांग्रेस निकट नेपाल विद्यार्थी संघका नेता एवं उपल्लो तम्घासवासी सुवास मरासीनीले मुख खोले । देउँसी भैलोमा दिएको पाँच रुपैयाँ दानको कार्यक्रम स्थल मै स्मरण गराएका थिए ।