Sorry, that menu does not exist.
 

एकता सहकारीको २० औ बार्षिक साधारणसभा : रु ८७ करोड बढीको कारोबार !

कोपिला कंडेल, बागलुङ २०७५ असोज ६ । एकता सहकारी संस्था लिमिटेड बागलुङले चालु आर्थिक बर्षमा ८७ करोड बढीको कारोबार गरेको छ । संस्थाको २० औ बार्षिक साधारणसभामा कोषाध्यक्ष सुरेन्द्र जङ्ग राजभण्डारीले प्रस्तुत गरेको प्रतिबेदनमा ८७ करोड ४२ लाख ९६ हजार ८ सय ६९ रूपैयाँ ४९ पैसा कारोबार गरेको उल्लेख छ ।

बागलुङ सदरमुकाममा २० बर्ष अगाडि स्थापना भएको सहकारीका ८ सय शेयर सदस्यको ६ करोड ५७ लाख ५८ हजार शेयर पुजी रहेको कोषाध्यक्ष राजभण्डारीले बताउनुभयो । त्यसैगरी सहकारीले ४ करोड नौ लाख ९१ हजार २ सय रूपैयाँ आम्दानी गरेको छ भने खर्च तर्फ ३ करोड १६ लाख ८९ हजार ८ सय १ रूपैया रहेको सहकारीका अध्यक्ष धुव्रराज शर्माले जानकारी दिए । त्यसैगरी चालु आर्थिक बर्षमा खुद मुनाफा ९३ लाख १ हजार ४ सय ८ रूपैयाँ १६ पैसा गरेको कोषाध्यक्ष राजभण्डारीले बताए ।

कार्यक्रमको उद्घाटन एकता सहकारी संस्थाका संरक्षक व्दय देब बहादुर श्रेष्ठ र पद्मचन्द्र राजभण्डारीले गरेका थिए ।

उद्घाटन पछि बोल्दै श्रेष्ठ र राजभण्डारीले एकता सहकारीले सानो बचत र सानो ऋण लगानी गरेर पनि उल्लेखनीय प्रगति गरेको बताएका थिए ।

साधारणसभामा एकता सहकारी संस्था लिमिटेडका पुर्व अध्यक्ष कृष्णशंकर श्रेष्ठ, जिल्ला सहकारी संघ बागलुङका सदस्य अशोक गोबिन्द राजभण्डारी, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारी नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारीले मन्तव्य दिएका थिए ।

साधारणसभा सहकारीका सचिव महेशचन्द्र प्रधानले सहकारीले आफ्नो शेयर सदस्यहरूको हितको लागि आधुनिक संचार संग जोड्दै मोवाइल बैकिंङ कार्यक्रम शुरूवात गरिसकेको भन्दै एकता सहकारीलाई आगामी दिनमा अझै ब्यवस्थीत गर्दै लैजाने बताए ।

८ सय शेयर सदस्य रहेको सहकारीले शेयर सदस्यको अलवा समाजमा सामाजिक क्रियाकलाप समेत आर्थिक सहयोग प्रदान गर्दै आएको संस्थाका अध्यक्ष धुव्रराज शर्माले बताए ।

साधारणसभामा सहकारीमा एक बर्षमा उत्कृष्ट कारोवार गर्ने शेयर सदस्य सुरेन्द्र नारायण श्रेष्ठ, कृष्ण बहादुर थापा, र मंगलादेवी श्रेष्ठ, मायां केसी लगायतलाई सम्मान गरिएको थियो ।

एसईइ परिक्षामा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरी सामुदायिक बिद्यालय तर्फ गोबिन्द गौतमका छोरा सुगम गौतम र युक्तजङ्ग राजभण्डारीकी छोरी अनिसा राजभणरी र संस्थागत तर्फ दिल प्रसाद कंडेलकी छोरी मनिषा कंडेललाई नगद सहित पुरस्कृत गरिएको थियो ।
कार्यक्रम एकता सहकारी संस्थाका अध्यक्ष धुव्र शर्माको अध्यक्षता सहसचिव पवनलालराजभण्डारीको स्वागत मन्तब्य र सचिव महेशचन्द्र प्रधानको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply