Sorry, that menu does not exist.
 

प्रदेश मन्त्री चुमानव्दारा तुरतुरे पहिरोको अवलोकन : सबै काम सरकारले गर्छ !

दिनेश शर्मा, बागलुङ (भिङगिठे) २०७५ असोज ६ । गण्डकी प्रदेशका आन्तरिक मामिला एवं कानून मन्त्री हरिबहादुर चुमानको टोलीले केहि समय अघि सन्ध्याकालमा तुरतुरेका पहिरो बडीगाडको तालको अवलोकन गरेर बागलुङ फर्किएको छ । बागलुङ सदरमुकाम देखी पहिरो अवलोकनका लागी.आउदै गरेको मन्त्री चुमानको टोली मध्यपहाडी लोकमार्गको बिहुँमा ट्याक्टर फसेर करीब २ घण्टा सडक अवरुद्ध हुनाले समयमै पहिरो स्थलमा आईपुग्न ढिलाई भएको बताईएको छ ।

पहिरो स्थल साँझमा अवलोकन पश्चात मन्त्री चुमानले मध्यपहाडी लोकमार्गको पहिरो सुचारु गर्ने सबै काम सरकारले नै गर्ने बताए । उनले यो सबै प्राविधक विषय भएकोले यस सम्वन्धमा सबै कुरा नेपाली सेना र सडक विभागको प्रतिवेदन र सल्लाहका अधारमा हुने पनि स्पष्ट पारेका थिए ।

बडीगाड खोलामा बनेको तालको विषयमा सोधिएको एक प्रश्नमा मन्त्री चुमानले तालको पानी फाल्ने जिम्मा नेपाली सेनाको भएकोले सेनाले जे गर्छ त्यहि अनुसार हुने बताए ।

सो अवसरमा उनले पहिरो माथी तुरतुरे देउरालीबाट बैकल्पिप बाटो खोल्ने विषयमा चर्चा गरेका थिए ।

टोलीमा प्रदेश सभासद चन्द्रबहादुर बुढा सागर, प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल, प्रहरी उपरीक्षक नवराज भट्ट, प्रशासकीय अधिकृत धिरेन्द्र पन्त लगायत स्थानीय जनप्रतिनिधी, विभिन्न राजनैतिक पार्टीका कार्यकर्ताहरु, समावसेवी पत्रकार लगायतको सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply