Sorry, that menu does not exist.
 

घुम्टे युवा परिवार जापान शाखाद्वारा कलाकार सिंह सम्मानित !

गल्काेट २०७५ असोज ७ । सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाद्वारा लोक तथा दोहोरी गायक ईश्वर सिंहलाई सम्मान गरेको छ । विभिन्न सामाजिक कृयाकलापमा सकृय रहॅदै आएको संस्थाले कार्यक्रमको सिलसिलामा जापानमा रहेका कलाकार सिंहलाई शाखाका अध्यक्ष दिल बहादुर थापा रामु र उपाध्यक्ष गुमानसिंह थापाले नगद रु ११ हजार, सम्मान पत्र, मायाको चिनो र पियानो उहार सहित सम्मान प्रदान गरेको घुम्टे युवा परिवार केन्द्रिय समितिका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिए ।

क्लबका पुर्व कार्य समिति सदस्य तथा पुर्व चर्चित भलिबल खेलाडी समेत रहेका कलाकार सिंहलाई पछिल्लो समयमा सांगितिक क्षेत्रमा गरेको प्रगतिले जन्मथलो र सामाजिक संस्था घुम्टे युवा परिवारलाई थप उचाईमा लैजान महत्वपुर्ण योगदान गरेको भन्दै घुम्टे युवा परिवार जापान शाखाले कलाकार सिंहलाई सम्मान गरेको संस्थाका जापान शाखा अध्यक्ष दिल बहादुर थापा रामुले बताए ।

गल्कोट नगरपालिका ७ मल्ममा जन्मेका कलाकार सिंहलाई जापानको टोकियो स्थित एकेबुकुरोमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको क्लबका जापान शाखा सचिव दिनेश थापाले जानकारी दिए । सो अवसरमा कलाकार रितु कॅडेललाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा घुम्टे युवा परिवार जापान शाखाका पदाधिकारीहरु, सल्लाहकार समिति सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । सम्मान ग्रहण पछि लोक तथा दोहोरी गायक ईश्वर सिंहले जापानमा आएर आफु सम्मानित हुन पाउॅदा खुसी व्यक्त गरे । उनले भनें यो सम्मानले मेरो सांगितिक यात्रामा थप हौसला प्रदान गर्नुका साथै विगतमा आफुले कल्व प्रति गरेको योगदानको कदर गर्नु प्रशंसनिय कार्य भएको भन्दै आगामी दिनमा संस्थालाई आफनो ठाउॅबाट अझ माथि उठाउन पहलकदमी हुने समेत बताए ।

खेलकुद कला संस्कृति सॅगै वि.सं २०४१ मा उदाएको यस घुम्टे युवा परिवारलाई सामाजिक क्षेत्रमा अग्रणी संस्थाको रुपमा स्थापित गर्न सबैले आ-आफनो ठाउॅबाट योगदान गर्न सुझाव समेत दिएका छन । अहिले घुम्टे युवा परिवार जापान शाखाले सामाजिक क्षेत्रमा आफनो सकृयतालाई थप बढाउॅदै गईरहेको छ ।

सम्मान कार्यक्रम घुम्टे युवा परिवार जापान शाखाका अध्यक्ष दिल बहादुर थापा रामुको अध्यक्षता, सल्लाहकार सदस्य विकास खडका सुन्दरको स्वागत र सचिव दिनेश थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply