Sorry, that menu does not exist.
 

तुरतुरेको सुख्खा पहिरो हटाउन सुरु : ट्र्याक सञ्चालनमा ल्याउन दुई हप्ता लाग्ने !

छविलाल पाण्डे/दिनेश शर्मा, बुर्तिबाङ २०७५ असोज ७ । मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने तुरतुरेको सुख्खा पहिरो हटाउन मध्यपहाडी लोकमार्ग आयोजनाले आजदेखि काम सुरु गरेको छ । मध्य पहाडी लोकमार्ग बागलुङ खण्डका प्रमुख डिभिजन ईन्जिनियर रमेश दृष्टिले आज पहिरो हटाउने काम सुरु भएको जानकारी दिँदै १५ दिनमा पहिरो पन्छाई सक्ने बताए ।

भदौ २९ गते राति ११ बजे तुरतुरे देउरालीबाट खसेको भीषण पहिरो हटाउन १५ दिन भन्दा बढी लाग्ने देखिएपनी आजदेखि आफुहरुले पहिरोे सुरुवात गरिएको र यस्का लागि म्याग्दी जिल्लामा रहेका आयोजनाको डोजर, स्काभेटर ल्याउनुपर्ने भएका कारण दुईदिन पछि दुवै क्षेत्रबाट सडक खुलाउने कार्य क्रमिक रुपमा हुने मध्यपहाडी लोकमार्ग आयोजनाका ओभर सियर अर्जुन गौतमले बताए ।

पहिरो ठुलो भएका कारण सडक पूर्ण रुपमा खुलाउन केहि समय लाग्छ तर साविककै अवस्थामा नरहेर हाललाई ट्रयाक खुलाएरै भएपनी सवारीका साधन खुलाउने अभियानमा आफुहरु जुटिरहेको मध्यपहाडी लोकमार्ग आयोजनाका ईन्जिनीयर सुरज महर्जनले बताए ।

दुवै तर्फदेखि डोजरको सहायताले पहिरो हटाउने भएका कारण न्युनतम १५ दिनजति ट्रयाक खुलाउन लाग्ने सक्ने आफुहरुको आंकलन रहेको मर्हजनको भनाई छ ।

पहिरो हटाउने कार्य सुरुवात गर्न लागिएसंंगै ढोरपाटन नगरपालिका उपप्रमुख कर्मती पुन सहित नेपाली कांग्रेस क्षेत्र नं २ का सभापती तथा चेम्बर अफ कर्मस बागलुङका अध्यक्ष दोर्णकुमार कुवंर, युवा नेताहरु जित शेरचन, अर्जुन शेरचन, ढोरपाटन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोख्रेल, बुर्तिबाङ स्थित बिभिन्न संघसंस्थाका प्रतिनीधि, राजनैतिक दलका प्रतिनीधी लगाएतको उपस्थितीमा मध्य पहाडी लोकमार्ग आयोजनाको टोलीसंग भेटगर्दे पहिरोका कारण पश्चिम बागलङका जनताले बढो सास्ती खेप्न बाध्य भएको बताउंदै अवका दिनमा निरन्तर काम अगाडी बढाएर दशै तिहार जस्ता मुख्य चाडपर्वमा जनतालाई सुविधा पुग्ने गरी काम गर्न समेत आग्रह गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply