Sorry, that menu does not exist.
 

पर्वतका नगपालिका, पालिका, वडा र विधालयहरुमा समुदाय प्रहरी समिति गठन

निर्मल पौडेल पर्वत २०७५ असोज ८ । प्रहरी प्रधान कार्यालयको केन्द्रिय नीति अनुरुप समुदाय – प्रहरी साझेदारिता अवधारणा अनुरुप विभिन्न पालिका अन्तरगतका वार्डहरु र विधालयहरुमा समिति गठन गरिएको छ । सामुदायिक संरचनाहरु निर्माण गर्ने गरी पर्वत जिल्लाको सम्पुर्ण पालिकाहरुमा नगरपालिकाका मेयर प्रमुख वा उपमेयर प्रमुख संयोजक हुने गरी समुदाय प्रहरी पालिका समिति गठन गरिएको हो ।

स्थानीय तहमा सामुदायिक सुरक्षा साझेदारीताको रुपमा स्थानीय तह, नेपाल प्रहरी, सामुदायिक र सामाजिक संघसंस्थाहरु, विद्यालयहरु समाजका प्रतिष्ठित समाजसेवीहरुको सहभागितामा समिति गठन भएको जिल्ला प्रहरी कार्यलय पर्वतका प्रहरी निरीक्षक रविन्द्र कुमार श्रेष्ठले जानकारी दिए । समुदाय प्रहरी पालिका समितिमा कुश्मा नगरपालिका मेयर रामचन्द्र जोशी, फलेवास नगरपालिका मेयर पदमपाणी शर्मा, महाशिला गाउपालिका अध्यक्ष राजु प्रसाद पौडेल, विहादी गाउपालिका अध्यक्ष कमल प्रसाद भुषाल ,पैयु गाउपालिका अध्यक्ष खगेन्द्र तिवारी ,मोदी गाउपालिका अध्यक्ष प्रेम शर्मा पौडेल, जलजला गाउपालिका अध्यक्ष रामकृष्ण मल्ल संयोजक रहेका छन् ।

त्यस्तै नगरपालिका बडा संयोजकमा कुश्मा नगरपालिका वार्डहरुमा गठन हुन वाकी रहेको छ ।फलेवास नगरपालिका वार्ड ४र ५ मा पैयु गाउपालिका १,२,३,४,६ वडाअध्यक्ष संयाोजक रहेका छन् .जलजला गाउपालिका र महाशिला गाउपालिकामा गठन हुन वाकी रहेको छ ।त्यस्तै मोदी गाउपालिका १का वडाअध्यक्ष र बिहादि गाउपालिका ४का वडाअध्यक्ष संयोजक रहेका छन् । त्यस्तै प्रहरी विद्यालय सम्पर्क समिति गठन समेत भएको छ । समितिमा कुश्मा नगरपालिका शिवालय उच्च मावि कुनपा ६ प्रधानाध्यापक, शहिद स्मारक स्कुल कुनपा ६का प्रधानाध्यापक, आदर्श वोडिङ स्कुल कुनपा ४का प्रधानाध्यापक, नारायण उच्च मावि कुनपा ४का प्रधानाध्यापक, गुरुकुल मावि कुनपा – ५का प्रधानाध्यापक राष्ट्रिय वाल स्कुल कुनपा – ५का प्रधानाध्यापक, कालिगण्डकी स्कुल कुनपा ५का प्रधानाध्यापक फलेवास नगरपालिकामा सारदा मावि फनपा १० का प्रधानाध्यापक ,श्री माटेदेवल जनसहयोगी मावि फनपा ४ का प्रधानाध्यापक रहेका छन् ।

गाउँपालिकाहरुमा बिहादी गाउपालिका टकलाक मावि विहादी प्रधानाध्यापक, निर्मल जनसेवी मावी विहादी २ का प्रधानाध्यापक,श्री पालुस्थान मावि विहादि ३ का प्रधानाध्यापक,श्री वहाकी मावि विहादि ४ का प्रधानाध्यापक,श्री क्यामुने भन्ज्याङ मावि विहादि ५ का प्रधानाध्यापक विनु मावि विहादी ६ का प्रधानाध्यापक श्री जनता मावि विहादी ७का प्रधानाध्यापक, पैयु गाउपालिकामा जनकल्याण मावि पैयु १का प्रधानाध्यापक,श्री आमवारी मावि पैयु २ का प्रधानाध्यापक,श्री नेपालतारा मावि पैयु ३का प्रधानाध्यापक, लक्ष्मी भवन मावि पैयु ४ का प्रधानाध्यापक चन्द्र मावि पैयु ५का प्रधानाध्याप शालिग्राम मावि पैयु ६का प्रधानाध्यापक संयोजक रहेका छन् ।

पालिका र वडा समितिहरु पूर्ण कार्यान्वयनमा आईसके पश्चात सामुदायिक सुरक्षाको दायरा टोल स्तर सम्म विस्तार गरिने अवधारणा अनुरुप वडा क्षेत्रलाई जनसंख्या र भौगोलिक अवस्था समेत मध्यनजर गरी कम्तिमा ४ वटा प्रमुख टोलमा बिभाजन गरी सम्बन्धित टोलको वडा समिति सदस्य संयोजक रहने गरी समुदाय(प्रहरी टोल समितिहरु निर्माण गरिने वताइएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply