कोपिला कंडेल, बागलुङ २०७५ असोज ८ । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले सीमान्तकृत र पिछडिएका समुदायको शैक्षिक बिकासका लागि राज्यले बिशेष ध्यान दिनुपर्ने बताएका छने । बिद्यामन्दिर माबि बागलुङ र नयां विश्व अनलाईन पत्रिकाले बिद्यामन्दिर माबि अन्तर्गत बालबालिकाका लागि खाजा शुभारभ्भ कार्यक्रमको उद्घाटन गर्दै उनले आम जनताको पहुच सामुदायिक बिद्यालयमा मात्र हुने दाबी समेत गरे ।
आम जनताको पहुच पुग्ने महत्वपुर्ण शैक्षिक स्थल सामुदायिक बिद्यालयनै हो पूर्व प्रधानन्यायाधीस श्रेष्ठले भने, सामुदायिक बिद्यालयको स्तरियकरणका लागि राज्य लगायत समुदायको पनि सक्दो सहयोग हुनुपर्दछ । उनले शैक्षिक बिकासका लागि बिद्यामन्दिर माबिले महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको चर्चा गर्दै आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
श्रेष्ठले बालबिकास केन्द्रमा अध्ययनरत २८ जना बालबालिकालाई खाजा हस्तान्तरण उनले केन्द्रमा अध्ययनरत बालबालिकाको खाजा खर्चका लागि मासिक १ हजारका दरले २ बर्ष सम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । आफुले पनि बिद्यामन्दिर माबिबाटै अध्ययन गरेर प्रधानन्यायाधीश सम्म हुन सफल भएको स्मरण गर्दै श्रेष्ठले बिद्यालयको आध्यात्मिक र भौतिक दुबै तरिकाले बिकास गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा बिद्यालयका प्रधानाध्यापक जगन्नाथ आचार्यले बिद्यामन्दिर माबिलाई मुलुककै नमुना बिद्यालय बनाउनका लागि आफुहरु दिनहु प्रयासरत रहेको बताए । बालबिकास केन्द्र लगायत बिद्यालयको चौतर्फी बिकासका लागि सबै क्षेत्रबाट सहयोग आर्थिक भौतिक र नैतिक सहयोग हुनुपर्ने उनको धारणा थियो ।
सो अवसरमा पूर्ब ब्यवस्थापन समिति अध्यक्ष कृष्णराज शर्मा, बिद्यालय ब्वस्थापन समितिका सदस्य एबं समाजसेवी देब बहादर श्रेष्ठ र नेपाल रेडक्रस शोसाईटी बागलुङ शाखाका उपसभापति राजेन्द्र आचार्य लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारीको अध्यक्षता र नयां विश्व डट कमका कार्यकारी सम्पादक मुकेशचन्द्र राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो ।