Sorry, that menu does not exist.
 

जुवातासका अखडाहरुमा प्रहरीको छापा !

बागलुङ २०७५ असोज ८ । नेपालीहरुको दशैँ तिहार जस्ता महत्वपूर्ण चाडपर्व नजिकिदै गर्दा सदरमुकाम आसपास जुवातासका खालहरु सन्चालनमा आईरहेको समाचार सार्वजनिक भएलगत्तै प्रहरीले यसको नियन्त्रणमा सक्रियता बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय, बागलुङबाट प्रहरी टोलीले आईतवार सदरमुकाममा केहि स्थानहरु छापा मारेको श्रोतले बतायो । जुवातास खेल्ने खेलाउने शंकास्पद आठ दशमा स्थानमा छापा मारिएको बताउदै प्रहरी निरीक्षक गोपेन्द्र खड्काले प्रहरीले छापामार्ने सुईँको पाएर भाागेको हुनसक्ने जानकारी दिए ।

चाडबाडको अवसरमा बढी जुवातास खेलिने हुँदा यसको अनुगमन र नियन्त्रणमा प्रशासनले विशेष ध्यान केन्द्रित गरेको बुझिएको छ ।
मुलुकी अपराध (संहिता) ऐन २०७४ मा यस सम्वन्धी मुद्दा हर्ने अधिकार प्रमुख जिल्ला अधिकारी (जिल्ला प्रशासन कार्यालय)लाई दिईएको छ भने सजायँ पनि पहिलो मुलुकी ऐनमा व्यवस्था गरिएभन्दा बढी तोकिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply