प्रेम सुनार, बुटवल २०७५ भदौं ८ । मामा घरमा बसेर पढ्ने रुपन्देही तिलोत्तमा नगरपालिकाका एक बालक शनिवार बिहान ट्युशन पढ्न हिडे देखि बेपत्ता भएका छन । तिलोत्तम–१ मा रहेको दुर्गादत्त शंकरनगर मावि कक्षा १० मा अध्यानरत १५ बर्षिय बालक युनिस गिरी बेपत्ता भएका हुन ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी डिल्ली मल्लका अनुसार बेपत्ता बालकलाई खोजीका लागि परिवारजनले वडा कार्यालय रामनगरमा उजुरी दिएका छन । खोजी कार्य तिब्र पारिए पनि फेला पर्न सकेका छैन । गिरी सोही वडाको चपरहट्टी स्थित सानै देखि मामाको घरमा बसेर पढ्दै आएका थिए । शनिवार विहान ७ बजेतिर युनिस निलो जिन्स पाईन्ट , सेत धर्के सर्ट र चप्पल लगाएर ट्युशन पढ्न हिडेका थिए ।
साथी संग यसो भनेका थिए ?
त्यस विद्यालयका पिन्सिपल कृष्णप्रसाद शर्मा संग सम्पर्क राख्दा उनि म्याथ पढाउने टिचरले ट्युशन पढ्न बोलाएर त्यस बिहान आई आठ बजे सकेर हिडेका थिए । शर्मा भन्छन–‘ हामीले कक्षा १० मै पढ्ने उनका साथीहरु संग सोध्यौं ।
उनिहरुका अनुसार उनि साथीको साईकलमा चढेर बुटवल तर्फ लागेका थिए । उनले बुटवल तिर अनाथ आक्षम छ कि छैन भनेर सोधेका थिए । त्यस पछि उनको अवस्था अज्ञात छ ।’ शर्मा थप्छन –‘उनकी आमाले उनलाई सानैम छाडेर दोश्रो विवाह गरी अन्यत्रै गएका थिए । त्यस यता उनि मावाली कै शरणमा थिए । ’
उनको माम घर स्थित ठुली आमा अर्थात उनको आमाको दिदी लक्ष्मी क्षेत्र सग सम्पर्क राख्या त्यस दिन विहान बालक दुध पिएर हिडेका थिए । मामा घरमा हजुर बुवा हजुर आमा मामा र ठुली आमा बस्दै आई रहेका थिए ।
उनकी आमाको बिबहा डेढ दशक अघि बुटवल कै कालिका नगरमा भएको थियो । श्रीमानको मृत्यु भए पछि माईतीजनले पोखरामा दोश्रो विवाह गराई दिएका थिए । बालक सानै देखि मामा घरमा बस्दै आई रहेका थिए ।
बालकको घरका हजुर बुवा र उनका बाबु सहित दुबै भाई छोराहरुको मृत्यु भए पछि उनकी हजुर आमा पनि छोरीको घरमा बस्दै आई रहेकी छन । सबैले माया गरेकै थियो र कहिल्लै नराम्रो बचन पनि बोल्दैन्थ्यौं , खै किन अनाथ आश्रम खोजेको होला उसले साथीहरुलाई त्यसो भनेको भन्ने मैले पनि त्यही सुन्छु ।’