Sorry, that menu does not exist.
 

बानपा ३ र ६ मा पर्ने रात्माटा-तिनतले सडकको स्तरोन्नती कार्य सुरु !

कृष्णप्रसाद सापकोटा, बागलुङ २०७५ असोज ९ । बागलुङ नगरपालिका–३ खोडाला देखि बानपा–६ तिनतले सम्मको सडक ढलान सुरु भएको छ ।

पञ्चकोटको प्रवेश द्धार तथा बागलुङ नगरपालिका वडा नम्वर ५,६,७, म्याग्दीको गौश्वराका स्थानिय आवत जावत गर्न प्रयोग हुने सो सडक ढलान गर्न लागिएको हो । लामो समय सम्म सडक मर्मत हुन नसक्दा स्थानियबासिन्दा सास्ती भोग्दै आएका छन् ।

अघिल्लो बर्ष देखी सडक स्तरवृद्धिको काम सुरु गरिएको भएपनी रकम अभावका कारण पुर्णता पाउन सकेको थिएन ।

बागलुङ नगरपालिका द्धारा आर्थिक बर्ष ७५÷७६मा विनीयोजित ४० लाख तथा स्थानियको करिव ९ लाखको लागत मा ४ सय ८० मिटर सडक स्तरोन्नती हुने बानपा ६का वडा अध्यक्ष खिमराज सापकोटाले बताए ।

धार्मिक पर्यटकीय गन्त्यव्यको रुपमा विकास हुदै गैरहेको पञ्चकोट लगाएत बानपा ५,६,७ तथा म्याग्दीको गौस्वारा जाने कुडुले तर्फको सडक र रात्माटा तर्फको सडक दुवैको केहि भाग कच्ची रहेकाले यात्रा कष्टकर भएको स्थानियको गुनासो आएकाले आर्थिक बर्षको बजेट नआइसक्दै स्थानियको सक्रीयतामा निमार्ण कार्य गरिएको अध्यक्ष सापकोटाले ईबागलुङलाई बताए ।

उपभोक्ता समिति मार्फत सडक निमार्णको जिम्मा लिएको सर्वसिद्ध कन्ट्रक्सनले स्थानियको आवस्यकता अनुसार निमार्णको कार्यलाई तिव्रता दिएको र दशै सम्ममा कार्य सम्पन्न हुने गरी कार्य गरिएको सर्वसिद्ध कन्ट्रक्सनका संचालक सालिकराम उपाध्यले बताए । ४८० मिटर लम्वाई रहेको उक्त सडक खण्डको ४ मिटर तथा घुम्तीमा ६ मिटर चौडाई ढलान हुने तथा २० सेन्टीमिटर सडकको बेश रहने उपभोक्ता समितीका अध्यक्ष नारायण सापकोटाले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply