कोपिला कंडेल, बागलुङ २०७५ असोज १२ । नेपाल सरकार गृहमन्त्रालय, शिक्षा बिकास तथा समन्वय ईकाई बागलुङ र नेपाल गाजां डेभ्लप्मेन्ट फाउण्डेशनले आयोजना गरेको बिद्यालय सुरक्षा प्याकेज सम्बन्धी अभिमुखिकरण कार्यक्रमका सहभागीहरुले प्रभावकारी सिकाईका लागि बिद्यालयको समग्र वातावरण सुरक्षित बन्नुपर्नेमा जोड दिएका छन्।
बिद्यालयको समग्र वातावरण भरपर्दो भयरहित भएमात्र सिकाई पद्धती प्रभावकारी बन्ने चर्चा गर्दै सहभागिले शिक्षा सम्बन्धी बनेका मापदण्डको पुर्ण कार्यान्वयन हुनुपर्ने बताए ।
कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख बिष्णु भुषालले बिद्यालय लगायत समग्र भौतिक संरचनाको सुधारका लागि स्थानिय सरकार लगायत सबै सरोकारवाला जिम्मेवार बन्नुपर्ने बताए । सुरिक्षत बिद्यालयले मात्र बिद्यार्थी र शिक्षकको मनोबल उचो राख्न सक्छ, भन्दै त्यसको लागि मानवचेतनाको बिकास हुन जरुरी भएको बताए ।
सो अवसरमा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल र निसीखोला गाउंपालिकाका प्रमुख तारानाथ पौडेल बिद्यालयलाई सुरक्षित बनाउनका लागि सबै जिम्मेवार र जवाफदेही बन्नुपर्ने बताएका थिए ।
कार्यक्रमको सहजिकरण गर्दै शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयका उपसचिव लक्ष्मण बस्यालले बिद्यालयमा पठनपाठन संगै भौतिक संरचना भरपर्दो हुनुपर्ने बताए । बिद्यालयमा बिद्यार्थी शिक्षक शैक्षिक लगानी लगायत सबैखाले भौतिक सुरक्षा कायम गर्नका लागि सरोकारवालाले ध्यान पुर्याउनुपर्नेमा उनको जोड थियो ।
कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै शिक्षा बिकास तथा समन्वय ईकाइका प्रमुख कुश्मराज उपाध्यायले गुणस्तरीय शिक्षाका लागि भौतिक संरचना पनि चुनौतीको रुपमा देखापरेको बताए ।
पछिल्लो समय संघिय प्रणालीले शिक्षामा थुप्रै अन्योलना खडा गरेको भन्दै समग्र शैक्षिक सुधारका लागि सबैको ध्यान जानुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा जिल्लाका सबै नगर तथा गाउंपालिकाका प्रमुख, श्रोत ब्याक्ति बिद्यालय निरीक्षक लगायतले सहभागिता जनाएका थिए ।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलको अध्यक्षता, नेपाल गाजा डेभ्लप्मेन्ट फाउण्डेशनका कार्यकारी निर्देशक सुर्य कंडेलको स्वागत मन्तब्य र शिक्षा बिकास तथा समन्वय ईकाइ बागलुङका शाखा अधिकृत सरिता गौतमको संचालनमा सम्पन्न भएको थियो ।