माधब पराजुली,तनहुँ २०७५ असाेज १२ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले नेपालको पर्यटनले राष्ट्रको छवी बढाएको बताएका छन् । बिश्व पर्यटन दिवसको अवसरमा पाेखराकाे काँहु डाडा र तनहुँकाे दमाैलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लम्सालले देशमा विदेशी मुद्राको आर्जन, ब्यक्तिगत आयको श्रोत, सांस्कृतिक आदानप्रदानका साथै राष्ट्रको छवी वढाउन पर्यटनले ठुलो मद्दत गर्दै आएको बताए ।
पर्यटनले पर्यटकहरुमा नया उत्साह र ज्ञान अनि गन्तब्यमा आर्थिक र सामाजिक विकास भइरहेको उनको भनाई थियो । यद्यपि नेपालमा पर्यटनको अधिक संभावना हुदाहुदै पनि पर्यटनवाट उचित लाभ भने लिन नसकेको बताउदै मन्त्री लम्सालले प्रदेश सरकारले प्रदेश भित्र रहेका सबै पर्यटकिय प्रोडक्टलाई व्यवस्थीत गर्ने बताए । पर्यटन संसारको सबैभन्दा ठूलो उधोग रहेको चर्चा गर्दै नेपालमा पर्यटन बाटनै विकास,परिर्वतन र समृद्धि प्राप्त गर्न सकिने बताए ।
जातजाति,भाषाभाषी,संस्कृतिकाे संरक्षण गर्नुका साथै पर्यटकीय स्थलकाे पहिचान गर्दै संरक्षण र व्यवस्थित गर्न प्रदेश सरकारले याेजना काेरिसकेकाे बताए ।
पर्यटन बाट रोजगारीको श्रृजना गर्दै देशलाई समृद्धशाली बनाउन सकिने बताउदै पर्यटनको क्षेत्रमा थप व्यवस्थीत काम गर्दै पर्यटनको फाइदा सबैजनताले प्राप्तगर्न पाउने गरी काम गर्ने बताए । स्रोत,साधन र पुजीकाे कमी हुदाँ हुदै पनि प्रदेश सरकारले कम लगानीमा ठुला गाैरवका अायाेजनाहरु निर्माण गर्न लागेको बताए ।
“प्राकृतीक सम्पदा र संस्कृतिले हामी एकदमै भरिपुर्ण छौ तर धेरैजसो प्राकृतीक मनोरम दृश्यावलोकनकालागी दुर्गम ठाउ जानुपर्दछ, त्यस्ता ठाउहरुमा सहज यातायातको व्यवस्था छैन मन्त्री लम्साललेभने” सडक आगमन सहज र व्यवस्थीत बनाउदै पर्यटकीय स्थलहरुमा होटल, स्वास्थ्य सुबिधा अनि सुरक्षाको उचित प्रबन्ध मिलाईने बताए’ । गण्डकी प्रदेशमा सहज, सुलभ र सुरक्षित पर्यटनका आधारहरु खडागर्न जरुरत रहेको उनको भनाई थियो ।
मन्त्री लम्सालले पर्यटकलाई सम्मान गर्नुपर्ने बताए । ‘अतिथि देवो भवः अर्थात पाहुना हाम्रा भगवान हुन मन्त्री लम्सालले भने’ हरेक वर्ष नेपालको हिमशयलमा रमाउन, हिमालहरु आरोहण गर्न, पदयात्रागर्न, धार्मिक पर्यटन गर्न अन्य विभिन्न क्षेत्रको अवलोकन गर्न लाखौँ पर्यटकहरु नेपाल आउनेगर्दछन तिनीहरु लाई सबैले न्यानो आथित्यता प्रदान गर्नुपर्दछ” । बिदेशी पर्यटक देख्नासाथ व्यवसायीहरुले महंगो रकम लिने वा ठग्ने परिपाटीको अन्त्य गर्नुपर्नेमा जोड दिए ।
पर्यटन दिवस औपचारिकतामा मात्र सिमित राखेर पर्यटनको बजारीकरण र प्रवद्र्धन हुन नसक्ने बताउदै पर्यटन दिवसलाई विशेष पर्वका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।
तनहुँमा भएकाे जिल्ला पर्यटन विकासका सम्भावना,अवसर,चुनाैती र स्थानिय सरकारकाे भुमिका बिषयक कार्यक्रममा तनहुँ पर्यटन विकास समिति अध्यक्ष हरि सिंह गुरुङले तनहुँ जिल्लाका पर्यटकिय स्थलहरुकाे बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा प्रदेश सभा सदस्य राेशन गाह मगर,धन्नजय दवाडी,जसस प्रमुख शान्ति रमण वाग्ले लगाएको उपस्थिति रहेको थियो ।