Sorry, that menu does not exist.
 

हटिया बजारमा ट्राफिक संकेतका होर्डिङ बोर्डको व्यवस्था !

गुमानसिँह भण्डारी गल्कोट २०७५ असोज १३ । बागलुङको तेस्रो ब्यापारिक केन्द्र गल्कोट हटियाबजारमा हुने सडक दुर्घटना न्युनीकरण गर्न वडा कार्यालयले ट्राफिक संकेत सम्बन्धी होडिङबोर्ड राखेको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत गल्कोट नगरपालिका ३ हटिया बजार खण्डमा मानिससँगै सवारी साधनको चाप बढी हुने भएकाले बोर्ड राखेको हो । बजार क्षेत्रमा दुर्घटनाको जोखिम क्षेत्र मानिएको कोटमैदान चोकदेखि गणतन्त्र चोकसम्म १० वटा जनचेतनामूलक होडिङ बोर्ड राखिएको छ । गति सीमित, विद्यालय क्षेत्र, घुमेको सडक, बस स्टेशन, हटिया बजारमा स्वागत छ, लगायतका बोर्डहरु राखिएको वडाध्यक्ष बिरजङ भण्डारीले बताए ।

सवारीका साधनको चाप बढ्दै जाँँदा सडक साँगुरो भएको जनगुनासो आइरहेको समयमा तीव्र गतिम सवारी चलाउँदा दुर्घटना हुन सक्ने सम्भावनालाई मध्येनजर गर्दै ट्राफिक संकेत बोर्ड राख्न आवश्यक रहेको भण्डारीले ईबागलुङलाई बताए ।

विद्यार्थीलाई सडकमा हिँड्दा र सडक पार गर्दा ध्यान दिँदै ट्राफिक नियम पालना गर्न वडा कार्यालयले अनुरोध गरेको वडा सदस्य झहर बहादुर खत्रीले बताए । गल्कोट क्षेत्रमा ट्राफिक प्रहरी पोष्ट स्थापना गरी कार्य सञ्चालन गरेपछि दुर्घटना न्युनीकरणमा ट्राफिक प्रहरीले नियमित सवारीका साधन चेकजाँच गर्नुका साथै विभिन्न प्रकारका अभियानहरु सञ्चालन गरिरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply