Sorry, that menu does not exist.
 

हाम्रा भन्दा पनि राम्राको सम्मान तथा प्रोत्साहन गर्न आवश्यक: सर्जक ढकाल

प्रस्तुति: बिक्रम सुनार

‘लोक गीतमा सन्तुष्ट छैन, हाम्रा होइन राम्रा सृजनाको सम्मान तथा प्रोत्साहन गर्नुपर्छ’, यो भनाई सर्जक तथा संचारकर्मी राजेन्द्र ढकालको हो ।

विगत ८/९ वर्ष देखि धौलागिरी एफ एम बागलुङमा संचारकर्मीको रुपमा काम गर्दै आएका ढकाल बागलुङ वलेवाको नाराणस्थापनमा जन्मिएका हुन ।

पछिल्लो समयमा उनी साहित्य तर्फ विभिन्न मुक्तक,गजल तथा लोक दोहोरी गीतको शब्द रचना गर्ने कुशल व्यक्तिको नामबाट परिचित छन । हाल सम्म ७ वटा लोक दोहोरी गीतमा शब्द रचना गरेका गीतकार ढकालको नेपाली लोकगीत संगितको बजारमा आएको विकृति, विसंगति प्रति चरम गुनासो छ, हुन त गीत संगित प्रति झुकाव एमव् गीत संगित बुझेका प्रायको यस्तै गुनासाहरु बाहिर आउने गरेका छन् ।

बदलिएको दोहोरी गीत सगितको पछिल्लो बजार देखेर राजेन्द्र ढकाल पनि त्यति खुशी छैनन् । अहिले विभिन्न मेला तथा महोत्सव जसको आयोजक संग पहुँच छ त्यो नै कलाकारको रुपमा स्टेज उत्रिने गर्छ ढकाले भने । परिवार संगै वसेर सुन्न मिल्ने गीत आउन छोड्यौँ तर त्यस्तै किसिका गीत गाउने मान्छे लोक गायक वरिष्ठ कलाकारको बर्दी बोकेर हिड्ने गर्छन । पछिल्लो लोक गीत विस्तारै पप भनौ फास्ट ट्रयाकमा गाउने गर्दछन ढकालले भने जुन गीतमा न कुनै भाव, वेदना वोकेको हुन्छ । तर समयको माग होकि पछिल्लो समय युवा युवतीले पनि त्यस्तै रुचाउने गर्दछन ।

राजेन्द्र ढकाल त्यति पुरानो व्यक्ति त होइनन् तर पनि उनको विश्लेषण फरक छ । उनले भन्छन आज भोलि एक÷दुई वटा गीत गाउछन अनि आफुलाई नै कलाकार भनेर हिड्ने गर्दछन । जो संग प्रशस्त धन, सम्पत्ति छ त्यो नै कलाकार, हुन्छ । साच्चिकै जो संग क्षमता हुन्छ त्यो ओझेलमा पर्ने गर्दछन ।
राजेन्द्र ढकालको पहिलो गीत “तर्किएर तिमी टाढा हुँदा” हो । यस गीतमा स्वर रविन्द्र लामिछाने र सरस्वती लामिछानेको दिएका छन । त्यस्तै दिल भित्र की रानी घनश्याम र पुर्णकला विसीको आवाजमा सजिएको छ भने एउटा ठाँउ छ दिपेन्द्र हमाल र संगिता शर्माले सुमधुर आवाज दिएका छन ।
चैत्ते दशै मेला जुन अहिले सम्म अत्याधिक मन पराएको युटुवमा पनि सबै भन्दा बढि भ्युअर रहेको उनको त्यो गीतमा राजेश वर्देवा र रिता केसीले आवाज दिएका छन ।

सर्जक ढकाल रोइला गीत लेख्न पनि बढि नै अब्बल तथा सिपालु देखिन्छन । त्यस्तै उनको पहिलो रोइला गीत ‘कहाँ थियौँ र सानु’ पहिलो हो । जुन रोइला गीतमा राजन कार्की र जुना श्रीसले आवाज दिएका छन ।

त्यस्तै ‘कहाँ थियौँ र सानु’को अपार सफलता पछि दोस्रो रोइला गीत ‘नाकमा लाउने बुलाँकी’ जस्मा ज्ञानेन्द्र त्रिपाठी र देवी घर्तिले आवाज दिएको गीत पछिल्लो समयमा पश्चिमाञ्चलमा उत्तिकै प्रख्यात छ ।

पछिल्लो समयमा बजारमा निकै मन पराइएको ढकालको उत्कृष्ट शब्द रचना स्वरुप तेस्रो रोइला ‘गोठै भरि गाईको बथान’ हो । जसमा चर्चित गायिका देवी घर्ति मगर र संचारकर्मी विक्रम सुनारले आवाज दिएका छन ।

आफ्नो सृजना प्रति सन्तुष्ट भएको बताउदै ढकाल भन्छन, लोक तथा दोहोरी संगै गजल विधामा कलम चलाएको छु, अव छिट्टै बजार आउदै छ ।’

अहिले बजारमा आउने गीत राम्रो नराम्रो भन्दा पनि मिडियामा पहुँच भएका केही कलाकार तथा संचारकर्मीहरुले राम्रोलाई भन्दा हाम्रो स्थान दिने गरेका उनले बताए ।

संस्थागत भन्दा पनि व्यक्तिगत सहकार्यले गर्दा कुशल सर्जक तथा गायक ओझेल पर्ने गरेका उनको गुनासो छ । उनी भन्छन्, हाम्रा भन्दा पनि राम्राको सम्मान तथा प्रोत्साहन गर्न आवश्यक छ ।

बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply