Sorry, that menu does not exist.
 

गल्कोट महोत्सव-२०७५ को आकर्षण बन्दै ताराखोलाको मगरजातिको ‘सिस्नो खोस्ने नाँच !’

गुमानसिँह भण्डारी, गल्कोट २०७५ असोज १३ । गल्कोट नगरपालिका ३ हटिया सिमखेतमा आयोजना गरिने गलकोट महोत्सव २०७५ मा ताराखोलाका मगर समुदायको कुलपुजामा आधारित सिस्नो खोस्ने नाच प्रदर्शन गरिने भएको छ । लोपोन्मुख र अनौठो सँस्कृतिको रुपमा रहेको सिस्नो खोस्ने नाँचलाई संरक्षण र प्रबद्धनका लागी महोत्सवमा प्रदर्शन गर्न लागिएको महोत्सव आयोजक संस्था उद्योग बाणिज्य संघ गल्कोटका अध्यक्ष वीरेन्द्र श्रेष्ठले बताए । बिशेष गरि ताराखोला गाउपालिकाको अर्गल र आसपासमा सरक्षित उक्त नाँचलाई गल्कोटमा पहिलो पटक प्रदर्शन गर्न लागिएको अध्यक्ष श्रेष्ठको भनाई थियो ।

दरमखोलाले सिँचित गल्कोटको उब्जाउ भूमि ।
गल्कोटमा भएका लोपोन्मुख संस्कृतिहरुलाई बिशेष प्राथमिकताका साथ प्रदर्शन गर्ने उद्देश्यले गल्कोट महोत्सव २०७५ आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए । सिस्नो खोस्ने नाँचमा बिशेष गरि युवायुवतीले बोकेर ल्याएका सिस्नोको भारी खोसाखोस गरिने भएका कारण पनि महोत्सवलाई यसले थप आकर्षण बनाउने उनको भनाई छ । सिस्नो खोस्दै गर्दा युवायुवतीले पोलेको अनुभुति गर्दैनन् । अर्गल,ताराखोला हिल र अमरभुमिका मगरहरुले निरन्तरता दिदै आएको यस संस्कृति यस बर्ष गल्कोटमा देख्न पाईने संघका बरिष्ठ उपाध्यक्ष ढालिन्द्रप्रसाद गौतमले बताए ।

रमणीय दुुदिलाभाटी उपत्यका ।

बाइसे चौबिसे राज्यको पालामा धेरैजसो मगरले भाषा र अन्य सस्कृति गुमाए पनि सिस्नो खोस्ने नाच भने स्थानियले बचाएर राखेका छन । सिस्नो खोस्ने काममा अविवाहित युवायुवती मात्र सहभागी हुने गर्छन । आगामि कार्तिक ९ गतेदेखि १८ गतेसम्म गल्कोटमा आयोजना गरिने महोत्सवमा करिब ३ लाख ५० हजार आन्तरिक तथा बाह्य पर्यटन भित्राउने लक्ष्य लिएकोमा सिस्नो खोस्ने नाँचको संरक्षणमा बिशेष सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

गल्कोट उपत्यका ।
बिशेष गरि सिस्नो खोस्ने अघिल्लो रात नौ वटा ढ्याङ्ग्रो बजाएर गीत गाँउदै विभिन्न स्थानबाट ल्याएका भेडा सगुर कुखुराको बलि दिएर सामुहिक स्थानमा आएर सिस्नो खोस्ने गरिन्छ । पछिल्लो समयमा यो सस्कृतिलाइ जिल्लातहमा हुने मेला महोत्सवमा पनि प्रदर्शन गर्न थालिएको छ । भुमि र कलाको पुजा गरेर सुगुरको बलि दिएपछि मासुसहित सार्वजनिक स्थानमा ल्याएरै सिस्नो खोस्ने सस्कृति देखाइन्छ सुगुरको मासु र सिस्नोको भारी बोकेर आएका ज्वाइचेलाबाट युवाले खोसेर सिस्नो र मासु खाने गर्छन् । सुगुर बलि दिएर सिस्नो खोस्ने पर्व मनाएपछि वर्षभरि शान्ति छाउने र मगरलाइ भुमिले अन्न तथा कन्दमुल खान पुग्ने बनाउने विश्वास गरिन्छ ।

यो लिंक पनि पढौं …

साताको तस्वीर : हिलको सिस्नो खोस्ने मेला !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply