Sorry, that menu does not exist.
 

धौलागीरी प्राथमिक बिद्यालय गल्कोट स्याहालाको स्वर्ण महोत्सवको तयारी तीब्र !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ असोज १४ । धौलागीरी प्राथमिक बिद्यालय गल्कोट नगरपालिका ३ स्याहालाको स्वर्ण महोत्सवको तयारी तिब्र पारिएको छ । बिद्यालयले आगामि असोज १९ गतेदेखि २२ गतेसम्म मनाउन लागेको महोत्सवका लागी हालसम्म करिब ६ लाख संकलन भएको महोत्सव मुल आयोजक समितिका सहसंयोजक झहर बहादुर खत्रीले बताए । खत्रीका अनुसार स्वर्गिय भक्त बहादुर खत्रीको सम्झनामा छोराहरु जित बहादुर खत्री र बिष्णु खत्रीबाट २ लाख, गल्कोट नगरपालिका ३ वडा कार्यालयबाट १ लाख ५० हजार, झम बहादुर खत्री र मिन बहादुर खत्रीबाट १ लाख ११ हजार १ सय ११ र शन्त बहादुर खत्रीबाट ५१ हजार सहयोग प्रात्त भएको बताए ।

बिद्यालयको शैक्षिक गुणस्तर बृद्धि, पुस्तकालयको ब्यवस्थापन, भौतिक सुधार लगायतलाई पहिलो प्राथमिकताका साथ लैजाने लक्ष्य लिएको छ । सहयोग गर्ने सहयोगदातालाई रकमको प्रकृति हेरि सम्मान गर्ने बिद्यालयकी प्रध्यानाध्यापिका धनकुमारी भण्डारीले बताईन् । जसअन्तगर्त ५० हजार देखि १ लाख सम्म सहयोग गर्नेलाई बिशेष सम्मानका साथ कार्यालय कक्षमा निजको सिंगल फोटो राखिने र कार्यक्रममा बाजा गाजा, भजन सहित मंन्चमा आसन ग्रहण गराईने, १ लाखदेखि १ लाख ५० हजार सम्म सहयोग गर्ने सहयोगदातालाई बिशेष सम्मानका साथ कार्यालय कक्षमा श्रीमान श्रीमतिको फोटो राखिने, १ लाख ५० हजार देखि २ लाखसम्म सहयोग गर्ने सहयोगदातालाई बिशेष सम्मान, कार्यक्रममा बिशिष्ट अतिथी, कार्यालय कक्षमा तिन पुस्ते नामावली सहित श्रीमान, श्रीमतीको फोटो राखिने, २ लाख देखि माथी सहयोग गर्ने सहयोगदातालाई माथीका सम्पुर्ण सम्मान सहित चाँदीको फे्रममा प्रशंसा पत्र प्रदान गरिने बिद्यालयले जनाएको छ ।

बिद्यालयले २० गतेदेखि २३ गतेसम्म स्वर्ण महोत्सव मनाउने निर्णय गरे पनि गल्कोटमा हुने राष्ट्रिय महिला भलिबलका कारण एक दिन अगाडि सारिएको भण्डारीले बताए । महोत्सव सफल पार्नका लागी बिद्यालयले आन्तरिक तयारी तिब्र पारेको छ । पछिल्लो सयम बिद्यालयमा शैक्षिक सुधार भएसँगै बिद्यार्थी संख्या समेत बढ्दै गएका छन । महोत्सवले बिद्यालयको शैक्षिक, भौतिक बिकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply