Sorry, that menu does not exist.
 

स्पेनमा रहेका बागलुङबासीहरुको बृहत बैठकले ‘बागलुङ समाज स्पेन’ को गठन !

बार्सिलोना, स्पेन २०७५ असोज १६ । बागलुङ जिल्लामा घर वा माईत भएका र हाल अध्ययन, रोजगारी, व्यवसाय वा अन्य कारणबाट स्पेनको विभिन्न भागमा बस्दै आएका बागलुङेहरुको एक भेलाले सम्पूर्ण बागलुङबासी दाजुभाई तथा दिदीबहिनीहरुवीच आपसी सहयोग, सद्भाव, सहकार्य र मैत्रीपूर्ण वातावरण निर्माण गरी स्पेनमा रहेका बागलुङवासीहरुलाई भैपरी आउने समस्याहरुको समाधान एवं सहयोगका लागि बागलुङ समाज स्पेन गठन गर्ने निर्णय गरेको छ ।

बागलुङ समाज स्पेन तदर्थ समितिका अध्यक्ष राजु थापा ।

बैठकले जन्मभूमि नेपालको विकासका लागी सामाजिक कार्यहरुमा सहयोग गर्ने उद्देश्य सहित सो संस्था गठन गरिएको निर्णय समेत गरेको छ ।

बैठकले राजु थापाको अध्यक्षतामा २३ सदस्यीय बागलुङ समाज स्पेन तदर्थ समिति गठन गरेको छ । समितिको उपाध्यक्ष व्दयमा दीपक क्षेत्री र राम प्रसाद चालिसे, महासचिवमा नेत्रलाल न्यौपाने, सचिवमा सुदर्शन शर्मा र कोषाध्यक्षमा बिकल प्रताप सिँह रहेका छन् ।

तदर्थ समितिको सदस्यहरुमा तुलसीराम रिजाल, तोपबहादुर खत्री, सुन्दर विष्ट, दिपेन्द्र केसी, केदार कँडेल, हिरालाल सापकोटा(डायमण्ड), अनिल सापकोटा, राजेन्द्र कँडेल, लक्ष्मण प्रताप सिँह, दुर्गा खनाल, नारायण सुवेदी, दामोदर पाडेल, सीता भण्डारी, सुरेश थापा, राजु कँडेल, प्रेम क्षत्री र फविश्वर गौतम रहेका छन् ।

यसैगरी बैठकले ७ सदस्यीय सल्लाहाकार समितिपनि गठन गरेको छ । सल्लाहाकारहरुमा पुष्पराज भण्डारी, बिदुर गौतम, दुर्गा शर्मा, दयाराम रेग्मी, सोमनाथ शर्मा, ईश्वर गौतम र एकराज गिरी रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply