Sorry, that menu does not exist.
 

धेरै सहकारी चारखाता मै सीमित, अधिकाँश सहकारीको हिसाब किताप नै छैन – पौडेल

बागलुङ, २०७५ असोज १८ । बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको आयोजनामा जिल्लामा क्रियाशिल सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरुका लागि सञ्चालित ५ दिने लेखा व्यवस्थापन तथा पल्र्स अनुगमन तालिमको समापन कार्यक्रमलााई सम्वोधनका क्रममा संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले अझै पनी धैरै सहकारी संस्थाहरु चार खातामै सीमित रहिरहेको र कतिपय सहकारी संस्थाहरुको हिसावकिताव नै नरहेको बताउदै पौडेलले संस्थाहरुले आफुहरुलाई परिस्कृत गर्न नसके विलय हुने निश्चित रहेको बताए । उनले जिल्लाको सहकारी अभियानलाई सदृढ बनाउन बचत संघ निरन्तर तालिम गोष्ठि शिक्षा लगाएतका कार्यक्रमहरु सञ्चालन गरिरहेको समेत बताए ।

सहकारी संस्थाहरुको लेखा व्यवस्थापनलाई थप व्यवस्थित र सदृढिकरण गर्ने तथा संस्थाको कारोवारलाई पल्र्स पद्धतीमा सञ्चालन गर्नसक्ने जनशक्ति निर्माण गर्ने उद्देश्यले बागलुङ सदरमुकाममा आयोजना गरिएको तालिममा जिल्लामा १० वटै स्थानीय तहका सहकारी संस्थाका समिति उपसमिति र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

समापनका क्रममा काठेखोला गा.पा. १ का अध्यक्ष एवं जनसेवी साकोसका अध्यक्ष खड्क थापा, प्रशिक्षक कुमार खत्री, े झिम्पा साकोसका झगवहादुर क्षेत्री र सिवाईसी साकोसका सीता सापकोटाले मन्तव्य राखेका थिए ।

२० वटा संस्थाका ३१ जनाको सहभागि रहेको तालिम समापन कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष पौडेल र सञ्चालन सञ्चालक गण्डकी थापा अधिकारीले गरेकी थिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply