Sorry, that menu does not exist.
 

राजकुतमा दशै विशेष नरसिंह कोट महोत्सव २०७५ को तयारी तिब्र

कुवर काजी भव, बागलुङ २०७५ असाेज १९ । पश्चिम बागलुङको निसिखोला ७ राजकुतमा अवस्थित नरसिंहकोटको प्रचारप्रसार र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि यस बर्ष पनि वडा दशैको पावन अवसर पारेर नरसिंहकोट संरक्षण समिति र परिवर्तन तथा गौमुखी युवा क्लबले दशै विशेष नरसिंहकोट महोत्सव आयोजना गरेको छ।

क्लबका अध्यक्ष सुनिल कुँवरका अनुसार यहि मिति २०७५ असाेज २५ गते बाट कार्यक्रम संचालन हुने छ । कार्यक्रममा क्लब स्तरीय महिला पुरुष भलिबल दोहरी गित ग्रुप नृत्य मारुङ्गी नाच महिला पुरुष छेलो लगाएत दर्जन भन्दा बढी कार्यक्रमको आयोजना गरेको र कार्यक्रम कला सस्कृतिको जगेर्ना गर्ने खालका रहेको र उक्त कार्यक्रममा चर्चित लोक गाएक प्रकाश सपुत र अन्य चर्चित कलाकारको पनि प्रस्तुति रहने अध्यक्षा कुवरले जानकारी िदए ।

नवदुर्गामा उपपास बसी काल रात्री र नवमीको दिन नरसिंह मन्दिर र कालिका मन्दिरमा पञ्चवलि चढाई आफ्नो मनको भाकल पूरा हुने परापुर्बकाल देखिनै जनविस्वास रहदै आएको छ। पछिल्लो समयमा यहाका स्थानीय युवाहरुकै सक्रियतामा मठ मन्दिर र नयाँ संरचना थपिदै जादा यहाँ अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या पनि दिन प्रतिदिन वृद्धि हुँदै गएको यहाका स्थानीय बताउछन ।

यहा बाट धौलागिरीको हिम श्रृङखला अवलोकन गर्न सकिने र बागलुङ क्षेत्र न २ का अधिकाँस भु भाग देख्न सकिने र बुर्तिबाङ बजारकाे मनाेहर दृश्यलाइ पनि आखाले नै निगाल्न सकिन्छ । गुल्मीको अधिकाँस भु भाग देखिनुका साथै पर्यटकीय तथा धार्मिक स्थल रेसुङ्गा पनि देख्न सकिन्छ ।

राज्यको नजर पुग्न सके पर्यटकिय स्थलको प्रचुर सम्भावना बोकेको ठाउ हो कार्यक्रम २६ गतेबाट सुरु हुने भएपनी उत्घाटन भने ३० गते निसिखोला गाउपालिका अध्यक्ष तारानाथ पौडेल बाट हुने आयोजकले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply