भरत सापकोटा, बागलुङ (बिहुँ) २०७५ असाज १९ । काठेखोला गाउँपालिका वडा ५ बिहुँकोट काउलेमा गत असार ११ / १२ गते परेको भारी बर्षा र पहिरोले बिस्थापित १४ परिवारलाई दशै आउनै लागेपनि कुनै उमङ्ग छाएको छैन ।
गत असारमा भीषण पहिरोले आफ्नो बस्दै गरेको घरबारी नै भासिएपछि अरु कै घरको पीँडिमा बास बस्दै आएका भबिराम परियारले गुनासो गर्दै भने, ‘हाम्रो लागि त कोहि भएको महसुस गर्न पनि सकिएन, न कुनै जनप्रतिनिधि नै आएर हाम्रो समस्या बुझिदिन्छन् न कुनै सम्बन्धित ब्यक्ति, खै कहाँ छ हाम्रो सरकार ? खै कहाँ छन् जनप्रतिनिधीहरु ? दीन, दु:खी र गरिबहरु भोक भोकै मर्नु बाध्यता रहेको बताउदै भविरामले भने, हाम्रो भोट मात्र प्यारो रहेछ तर जनता समस्या प्रति कुनै चासो छैन ।
एक छिमेकीले पनि कति दिन उस्को पिढि दिन सक्छ र ? धन्न मानवियता र मित्रवत छिमेकीको घरमा पिढि पाउनाले खान गतिलो नपाए पनि बर्षे पानि त ओतियो अब हिउदको जाडो कसरी ओत्ने हो भन्ने चिन्ताले सताई रहेको गुनासो पोखे । उनले भने, धन्न असल छिमेकीको घर परेछ नत्र कस्ले नै दिन्छन् यति लामो समय बास ?
घटना घटेपछि प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल सहितको टोलीले जनहि १२ हजार रुपैयाका दरले दिईएको रकम र वडा अध्यक्ष शिब कडेंलले ब्यक्तिगत रुपमा दिईएको १ बोरा चामल रेडक्रस सोसाईटी बागलुङ बाट १थान पाल र जापान समाज बिहुँकोटले उपलव्ध गराएको रु १४००० पर्ने १ बन्डल जस्ता बाहेक केहि नपाएको गुनासो पोख्दै अर्की पीडित सुनिता परियारले भनिन, गरिब भएर बाच्नु भन्दा मर्नै बेस हुने रहेछ, आफ्नो भएको सामान्य टहरो र साहाराको रुप रहेको केहि जमिन नै बगाउँदा अरुको घरको पिढिमा कोठा मागेर बस्न बाध्य हुनुपरेको छ त्यसै माथि बालबच्चा छन् महंगीले आकाश छोएको छ गरिबका लागि दैश दशै नभएर दसा आएको छ हाम्रो लागि न सरकार नै छ न कोहि ।
स्थानिय सेतु परियारले आफु इन्डिया जाने बेला घर त दिएका थिए र त बल्लतल्ल बस्न भएको थियो अव चाडबाड आउनै लाग्दा उक्त घर धनी सेतु परियार गाउ फर्कने खबर पाएकी छु यसै कुराले झनै पिरोलेको छ गतिलो खाने गास नभएनि ओत लाग्न त पाईएको थियो अब त्यो आशा पनि हराउन लाग्यो ।
१ बर्षे दुधे बालक काखमा च्यापेकी उनले भनिन यहि बच्चा पनि बिरामी छ बाँकि दुई साना साना छोरा त छन् अब यिनिहरुलाई दशैको बेला कहाँ लगेर राख्ने रुआखिर दैबले पनि त गरिबलाई नै हेर्दो रहेछ नि !
यस बिषयमा के भईरहेको छ भनि गाउंपालिकाका अध्यक्ष अमर थापासंग हामीले प्रश्न गर्दा अहिले राज्यले कुनै पनि ठाउँ देखाएपनि त्यो भोलि राज्यलाई आवश्यक परेको खण्डमा पुन हड्प्ने भएकाले तत्कालै त्यसका लागि आफुहरुले केहि गर्न नसकिने बताए। उनले भने उनिहरुलाई कुनै ब्यक्ति संघ संस्थाको आर्थिक सहयोगमा लालपुर्जासहितको जग्गा उपलब्ध गराउन सके जनता आवस कार्यक्रम बाट घरटहरा निर्माण गर्न सकिने प्रतिकृया दिएका छन्। तर उनिहरुले भर्खरै प्रकासित गरेको निति तथा कार्क्रममा यस्ता बिपदहरुलाई कसरी न्युनिकरण गर्ने पीडितहरुलाई तत्कालै उचित ब्यबस्थापन गर्ने भनेर भने पनि यो नारामा नै सीमित देखिएको छ।
भुगर्भ बिभाग केन्द्रिय कार्यालय काठमान्डौ बाट आएको टोली ले त्यस क्षेत्रमा रहेको पत्रे चट्टान भिरालो भुभाग र मध्यपहाडी लोकमार्गमा बग्ने भलको कारण जंमिन भासिएकाले पुर्ण रुपमै खतरा रहेकोले तत्कालै त्यो क्षेत्रबाट बस्ती स्थानान्नतरण गर्नु पर्ने निश्कर्ष दिईसकेको यस अवस्थामा गाउँपालिका का जनप्रतिनिधिहरु गम्भिर नबन्नु प्रतिनिधि सभा तथा प्रदेश सभा मा प्रतिनिधित्व गर्ने सांसदहरुले पनि यस पहिरो प्रभाबित क्षेत्र र पीडितहरुको आलो घाउमा केहि हद सम्म पनि मलहम लगाउन नस्रक्नु दुखद बिषय हो । जनताको दैलोमा निर्वाचनका बेला मात्र धाउने राजनैतिक दल र तिनै बाट निर्वाचित भएका ब्यक्ति र दलहरुको छुद्र मानसिकताले जनतामा चरम निरास छाईरहेको छ ।
जनताको समस्याहरुलाई समस्या नठान्ने प्रवो।। ले जनता कति दिन यसरी पिडा बाच्न बिवश हुनुपर्ने हो त्यो चाहि अझै केहि समय हेर्नै बाँकि छ।
यी लिंकहरुपनि पढौँ
काठेखोला- ५ बिहुँ काउलेको जमीन पूरै धाँजा फाटेपछी दलितका एक दर्जन घर परिवार जोखिममा !
प्रजिअ खरेल नेतृत्वको उच्चस्तरीय टोली व्दारा भूस्खलनबाट प्रभावित बिहुँ काउले गाउँको अवलोकन !
अबिरल बर्षातले बिहुँ काउलेको दलितबस्ती जोखिमपूर्ण, चर्किएका घरहरु भत्किए ! !