Sorry, that menu does not exist.
 

ब्रह्मकुमारी राजयोगिनी सावित्री दिदीको दिव्य अभिनन्दन तथा सम्मान कार्यक्रम सम्पन्न !

बागलुङ २०७५ असोज २० । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र बागलुङकी सन्चालिका, धौलागिरी क्षेत्र प्रमुुख बरिष्ठ राजयोगिनी, तपस्वीनी, बालब्रह्मचारिणी ब्रह्मकुमारी सावित्री दिदीको आज एक विशेष समारोहका वीच बधाई सहित दिव्य अभिनन्दनव्दारा सम्मान गरिएको छ ।

आज प्रात समयमा राजयोग प्रशिक्षण केन्द्र, ओम शान्ति भवन बागलुङमा ईश्वरीय परिवारव्दारा आयोजित दिव्य अभिनन्दन सम्मान समारोहमा प्रमुख अतिथी सभासद मना केसी एवं अन्य अतिथीहरु बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेल, पूर्व सांसद प्रकाश शर्मा पौडेल तथा नरबहादुर थापामगरव्दारा ब्रह्मकुमारी सावित्री दिदीको दिव्य अभिनन्दन तथा बधाई सम्मान गरिएको थियो ।

सो अभिनन्दन समारोहको सन्चालन ब्रह्मकुमार योगनाथ कँडेलले गरेका थिए ।

लेखनाथ (कास्की) निवासी बुबा स्व. दीनानाथ बराल तथा माताजी चुनिमायाँ बराल (ब्रह्मकुमारी दुर्गा माताजी) को कोखबाट २०२२ साल मंसिर ९ गते ब्रह्मकुमारी सावित्री दिदीको जन्म भएको हो । १३ वर्षको बाल उनेर देखिनै आफ्नो जीवनलाई समाज सेवामा लगाई मानव जीवन सार्थक गर्ने र गराउने पवित्र उद्देश्यले समर्पित ब्रह्मकुमारी सावित्री दिदी २० वर्ष पहिले २०५५ साल देखी बागलुङमा निरन्तर सेवारत रहेर राजयोग प्रशिक्षणको क्षेत्रमा पुराएको योगदान महत्वपूर्ण एवं उल्लेखनीय रहेको छ । निश्चल सेवाभावले अभिप्रेरित ब्रह्मकुमारी सावित्री दिदी बाागलुङ जिल्लामा मात्र नभएर यस क्षत्रमै सामाजिक सेवामा अग्रणी भूमिका निर्वाह गर्दै आएकी छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply