Sorry, that menu does not exist.
 

राष्ट्रिय महिला भलिबल प्रतियोगिताको नगरप्रमुख गैरेव्दारा उद्घाटन, प्रतियोगितामा ९ टीम सहभागी !

घनश्याम गौतम, गल्कोट २०७५ असोज २३ । गल्कोटमा आयोजित राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घाटन भएको छ । केहि समय अघि गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले एक कार्यक्रममा बीच उद्घाटन गरेका हुन् ।

उद्घाटन पछी बोल्दै नगरप्रमुख गैरेले गल्कोट हटियामा आयोजित २२ सौँ राष्ट्रिय महिला भलिबल प्रतियोगिताले गल्कोट सँगै समग्र देशकै भलिबल खेल प्रवर्धनमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

जिल्ला भलिबल संघका अध्यक्ष यम श्रीसको अध्यक्षता, उपाध्यक्ष योगेश भण्डारीको संचालन, गल्कोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण राज गौतमको स्वागत मन्तव्य रहेको कार्यक्रममा नेकपाका तिलक उप्रेती, नेपाली काग्रेस गल्कोट नगर सयोजक नारायणध्वज मल्ल, राजमो गलकोट नगर अध्यक्ष टंक के सीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा केन्द्रिय टिमकी उपकप्तान मन्जु गुरुङ र अन्तर्राष्ट्रिय रेफ्री कुल राना ले सफथ लिएका थिए ।

प्रतियागितामा ९ टिमले सहभागिता जनाउने आयोजकले बताएका छन् । नेपाल भलिबल संघको आयोजना, बागलुङ जिल्ला भलिबल संघको व्यवस्थापन र गल्कोट नगरपालिकाको सहयोगमा संचालन हुन लागेको प्रतियोगिता २७ गतेसम्म संचालन हुनेछ ।

लिगकम नकआउटका आधारमा संचालन हुने प्रतियोगिताको उद्घाटन खेलमा आज पोल ए तर्फ विभागिय टिम एपिएफ विरुद्ध प्रदेश नम्बर ७ र पोल वि तर्फ प्रदेश ६ विरुद्ध विभागिय टिम नेपाल पुलिसले प्रतिस्पर्धा गर्ने छन् यस्तै आजै हुने दोस्रो खेलमा पोल ए तर्फ विभागीय टिम नेपाली आर्मी विरुद्ध गण्डकी प्रदेश र एपिएफ विरुद्ध प्रदेश नम्बर ६ विच खेल हुने छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply