Sorry, that menu does not exist.
 

एमालेले कमल थापालाई प्रधानमन्त्री बनाएर गणतन्त्र राजतन्त्रलाई बुझाउदै : माके नेता घर्ती

प्रेम सुनार, गुल्मी वामी, २०७३ फागुन २५ । नेकपा माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य वसन्त घर्तीले नेकपा एमालेले राप्रपाका अध्यक्ष कमल थापालाई प्रधानमन्त्री बनाएर गणतन्त्र राजतन्तलाई बुझाउन लागेको आरोप लगाएका छन् । नेकपा माओवादी केन्द्र गुल्मीको मुसिकोट नगर अधिवेशनलाई वामीटक्सार वजारमा उद्घाटन गर्दै उनले नेकपा एमालले प्रति यस्तो आरोप लगाएका हुन् ।

एमालेमा राजनैतिक निष्ठा र ईमान्दारीता केहि नभएको आरोप लगाउँदै नेता घर्तीले भने –‘हिजो राजासंग पनि मिलेर एमाले सत्तामा गयो कहिले कांग्रेससंग मिलेर सरकारमा पुग्यो त कहिले हामी माओवादी संग पनि मिलेर सरकारमा पुग्यो अहिले उसले कमल थापालाई प्रधानमन्त्री बननाएर भए पनि सत्तामा जाने खेल खेल्दै छ । ’

उनले एमालेलेलाई आरोप लगाउँदै भने–‘ कमल थापालाई प्रधानमन्त्री बनाएर गणतन्त्र राजतन्त्रलाई बुझाउन पनि तयारी हुने छ ।’ उनले एमालेले नेताहरुमा जस्तो अन्तर्घात अरु अरु पाटीका नेताहरुमा नभएको आरोप समेत लगाए । उनले भने –‘पहिलो संविधान सभा चुनावमा सत्ता साँझेदार दल एमालेकै तत्कालीन अध्यक्ष झलनाथ खानालले तत्कालीन सेनापछि रुक्मांगत कटलावलाई हटाउन तत्कालिन प्रधनमन्त्री प्रचण्डलाई दवाव दिएको हो , फेरी प्रचण्डले कटुवाललाई हटाउने सिफारिस गरे पछि त्यो हटाउने निर्णयलाई रोक्न सवै भन्दा पहिला राष्ट्रपति कहाँ पुग्ने पनि एमालले नै हो । ’

केपी ओलीलाई प्रधानमन्त्री माओवादी केन्द्रले बनाएको दावी गर्दै दोश्रो पटक पनि सत्ता साँझेदार दल एमालले माओवादीबाट मन्त्री भएकाहरुलाई मन्त्रालयमा कामै गर्न नदिएको र गृहमन्त्री शक्तिबहादु बस्नेतलाई हटाउन प्रचण्डलाई भने पछि गठवन्धन तोड्नु परेको खुलासा गरे ।

उनले मधेशवादी र एमालेको चरित्र यो देशको दुई वटा अतिवाद भएको टिप्पणी गरे । मधेशी त नेपाली नै होईनन् , भारतिय हुन् भन्दै हेप्ने व्यहोरा एमालले त्याग्नु पर्ने उनको सुझाव थियो । उनले यदि एमाले सत्तामा पुग्नका लागि कमल थापा जस्तालाई प्रधानमन्त्री दिएर गणतन्त्र राजातन्त्रलाई बुझाए मधेशबाट एमालेलाई लखेटे जस्तै भोली आफ्नै कार्यकर्ताहरुले पनि लखेट्ने चेतावानी दिए ।

कार्यक्रममा सोही पार्टीका पोलिटव्युरो सदस्य तथा गुल्मीका सह ईञ्चार्ज सुदर्शन बरालले गुल्मी क्षेत्र नम्वर ३ का सांसद तथा पुर्व उर्जा मन्त्री गोकर्ण विष्टको गाउँ अहिले सम्म अँध्यारो भएकोले उनको गाउँ उज्याले बनाई दिन माओवादी केन्द्रले यसपाली साढे ६ करोड रकम पारी दिएको बताए । कार्यक्रममा अर्का नेता बुद्धि जिसी , रामप्रसद पाण्डे लगायतले मन्तव्य राखेका थिए ।

माओवादी केन्द्रका ईलाका ईञ्चार्ज अशोक थापाको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा जिल्ला आयोजक समिति सदस्य युवराज खरेलको स्वागत मन्तव्य र दुर्गा बिश्वकर्माको सञ्चालन रहेको थियो । अन्य कुनै पनि पार्टीले नयाँ स्थानिय निकाय स्तरिय अधिवेशन नगरी रहेको बेला माओवादी केन्द्र गु्ल्मीले रेसुङ्गा नगरपालिका र मुसिकोट नगरपालिकामा गरेको अधिवेशन पहिलो बनेको छ र कार्य समितिका लागि अहिले बन्द सत्र चलिरहेको जनाईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply