Sorry, that menu does not exist.
 

पर्वतका कलाकारहरुको साझा संस्था ‘पर्वत कलाकार समाज’को औपचारिक शुभारम्भ !

निर्मल पौडेल पर्वत २०७५ असोज २५ । पर्वतका कलकारको संस्थाका रुपमा स्थापना भएको पर्वत कलाकार समाज नेपालको औपचारिक रुपमा शुभारम्भ भएको छ । समाजको वुधवार काठमाडौंमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले शुभारम्भ गरेका हुन्।

शुभारम्भसँगै नजिकिँदै गरेको बडा दशैंलगायत नेपालीहरुको चाड पर्वको शुभकामना दिँदै राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले पर्वत कलाकार समाज समग्र जिल्लाको साझा संस्था बन्नुपर्ने वताए । तिमिल्सिनाले कुनै पार्टीगत पूर्वाग्रहभन्दा माथि उठेर जिल्लाको उत्तर जलजलादेखि दक्षिणको बिहादीसम्मका प्रतिभालाई बजारमा ल्याउन समाजले भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेका थिए। उनले पर्वतमा जन्मेर देश विदेशमा रहेका सबै मिलेर जिल्लाको विकास र सँगै राष्ट्रिय स्तरमा सक्दो योगदान गर्न आग्रह गरे।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य पुर्व सांसद अर्जुन जोशीले कलाकारहरु देशका गहना भएको भन्दै कला संस्कृति तथा कलाकारहरुको सम्मान र संरक्षण राज्यवाट हुनुपर्नेमा जोड दिए ।

पर्वत कलाकार समाजका संस्थापक अध्यक्ष कस्तुप पन्तले पर्वतमा जन्मिएका कलाकारहरुलाई एकीकृत गर्न र कलाकारहरुको हकहितका काम गर्नका लागि संस्थाको स्थापना गरिएको वताए ।

विशेषगरी काठमाडौंमा रहेर कलाकारिता क्षेत्रमा सक्रिय अधिकांशलाई समेटेर समाजको सुरुवात गरेको अध्यक्ष पन्तले वताए। कार्यक्रममा कलाकारसँगै, राजनीतिक दलका नेता, प्रशासक, प्राध्यापक, पत्रकार लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न व्याक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply