दिनेश शर्मा, बुर्तिवाङ २०७५ असोज २६ । बागलुङ जिल्लाको दोश्रो व्यापारिक केन्द्रको रुपमा रहेको बुर्तिवाङ बजारमा यतिबेला दशैँको चहल पहल छ ।
ढोरपाटन नगरपालिका र बडीगाड गाउपालिकाको सीमानामा रहेको तुरतुरे देउरालीको पहिरो खसेर २३ दिन मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदाको पीडाबाट उब्रदै गरेका निसीभूजी क्षेत्रका जनताको मुख्य व्यापार केन्द्र रहेको बुर्तिवाङ बजारमा यस क्षेत्रका जनाताको बाख्लो उपस्थिति देख्न सकिन्छ । बजारमा उपभोक्ताहरुको चहल पहल ह्वात्तै बढेको छ । लत्ताकपडा, दैनिक उपभोग्य बस्तु, खसीबोका देखी लिएर बन्दोबस्तीका सरसामानको जोरजाम गर्न भ्याईनभ्याई छ ।
निसीभूजी क्षेत्रको जीवनरेखा मानिने मध्यपहाडी लोकमार्ग २३ दिन अबरुद्ध रहँदाको अवधिमा अभाव र महंगीको सास्ती खेप्न बाध्य बनेका यस क्षेत्रबासीहरुको हितमा सरोकारवाला निकायहरुबाट के कस्ता पहल कदमीहरु भए गरिएका छन् भन्ने सन्दर्भमा ईबागलुङले नयाँ ईलाका प्रशासक नन्दराम भुसालसंग जिज्ञासा राख्दा उनले उपभोक्ता एवं सरोकारवाला निकायहरु संग बैठक राखेर भावी कदम उठाउने जानकारी दिए भने ढोरपाटन नगरपालिकाकी उप प्रमुख करमती पुनले आफु धेरै दिनको अन्तरालपछी हिँजो राति मात्र बुर्तिवाङ आईपुगेकोले आज बुझेर मात्र बिस्तृत बताउने जनाईन् ।
ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक ओमप्रकाश यादवसंग यसबारे जानकारी लिँदा उनले ढोरपाटन सामुदायिक प्रहरी सेवा केन्द्र बुर्तिवाङले दशैँ तिहार जस्ता चाडवाडलाई मध्यनजर गरी जनचेतनामुलक कार्यक्रमहरु सन्चालनमा ल्याईएको जानकारी दिँदै चाडपर्वहरुमा हुन सक्ने अवान्छित गतिविधी नियन्त्रण गर्न पर्चाहरु वितरण गरिएको बताए । उनले चाडवाडमा घरमा आउने लाहुरेहरु नठगिउन भनी सतर्कता अपनाईएको बताए ।
प्रहरी निरीक्षक यादवले असामाजिक गतिविधी हुन नदिन विशेष टोली गठन गरी परिचालन गरिएको जानकारी दिँदै आफु स्वयंपनि यसै सिलसिलामा ढोरपाटन नगरपालिकाको बोवाङ जान लागेको बताए । उनले बुर्तिवाङ ईलाका प्रहरी मातहतका प्रहरी निकायहरुमा आवश्यक निर्देशन दिईएको जानकारी दिए ।
ढोरपाटन सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष दुर्गादेवी घर्तीले ईबागलुङसंग कुरागर्दै ईलाका प्रहरी कार्यालय बुर्तिवाङसंगको समन्वयमा काम गरिरहेका छौँ, केहि दिन अघीमात्र प्रहरी उपरीक्षक दीपक रेग्मीको समुपस्थितिमा स्थानीय उत्तरगंगा माविमा बालबालिकाहरु संगको साक्षात्कार कार्यक्रमको आयोजना गरेर यस क्षेत्रमा महिला तथा बाल हिंशाका छुटफुट घटनाहरुबारे समीक्षा गरी बाल र महिला हिँशा न्यूनीकरण गर्दै समाजमा रहेका विकृति विसंगती निर्मूल पार्ने तर्फ ध्यान केन्द्रित गरेको बताईन् ।
उद्योग वाणिज्य संघ बुर्तिवाङ ईकाईका अध्यक्ष चिन्तामणी शर्माले दशैँको अवसरमा बजार अनुगमनादि कार्य नभएको बताउदै आज ईलाका प्रशासन कार्यालय बुर्तिवाङमा हुने बैठक पछी आवश्यक कदम चालिने ईबागलुङलाई बताए ।
उता उपभोक्ता मन्चका अध्यक्ष चन्द्रकान्त अर्यालले गत निर्वाचन पछी उपभोक्ता मन्च निस्कृय रहेको जानकारी दिँदै बजार अनुगमन आदि कार्य नगारपालिका उपप्रमुखबाट हुनु पर्ने हो तर हाल अनुगमन भने भएको छैन ।