सुमन जीसी, बागलुङ, २०७५ असोज २६ । महिलाहित बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनको प्राविधिक सहयोगमा प्रथम कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला (एीब्ः) शुक्रबार बागलुङ बजारमा सम्पन्न भएको छ ।
नेफ्स्कूनले सदस्य संस्थाहरुको संस्थागत विकास र सुदृढिकरणका लागि विकास गरेको जोखिममा आधारीत साकोस सुपरीवेक्षण तथा अनुगमन कार्यक्रम (ऋग्च्द्यक्) मा संलग्न बागलुङ र पर्वतका १६ वटा संस्थाहरुको सहभागितामा कार्यशाला सम्पन्न भएको हो । कार्यशालाको उद्घाटन प्रमुख अतीथी नेफ्स्कूनका सञ्चालक चण्डिप्रसाद शर्मा पौडेलले गरेका थिए । पौडेलले यो कार्यक्रमको सुरुवातसंगै बागलुङमा रहेका संस्थाको जोखीम न्यूनीकरण गर्ने दिनको सुरुवात भएको बताएका थिए । कार्यक्रमले बागलुङमा रहेका सहकारी विच सहकार्यको भावना र असल अभ्यासहरु एक आपासमा आदान–प्रदान गर्ने बातावरण सिर्जना हुने पौडेलको भनाई थियो । उनले नेफ्स्कूनले सदस्य संस्थाहरुको संस्थागत विकास र गुणस्तर बृद्धि गर्न कर्वस, प्रोवेशन र ऐक्सेस जस्ता कार्यक्रमहरु विकास गरी सञ्चालन गरिरहेको समेत बताएका थिए ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का सञ्चालक सदस्य चिनीमाया कालाले मन्तव्य राखेकी थिईन भने कार्यक्रमको बारेमा नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गाप्रसाद ढकालले जानकारी गराएका थिए ।
कार्यक्रममा सहभागि १६ वटा संस्थाका सञ्चालक र व्यवस्थापकको सहभागिता थियो । कार्यशालाको सहजिकरण नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख ढकाल र कार्यक्रम अधिकृत नवराज काफ्लेले गर्ने आयोजक संस्थाले जानकारी दिएको छ ।
संस्थाका अध्यक्ष लिला खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत कोषाध्यक्ष मनमाया श्रेष्ठ र सञ्चालन पूर्व कर्मचारी सावित्री के.सीले गरेकी थिईन ।