Sorry, that menu does not exist.
 

चारतारे युवा क्लबको २७ औं स्थापना दिवस सम्पन्न : सबैबाट सीवाईसीको प्रशंसा !

छविलाल पाण्डे बुर्तिबाङ २०७५ असोज २६ । चारतारे युवा क्लब सिवाईसी नेपालको २७ औं स्थापना दिवस, बिजया दशमी, शुभदीपावली पर्वको पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम बुर्तिबाङमा शुक्रवार सम्पन्न भएको छ ।

लघुबित्तीय क्षेत्रसंगै आफनो सेवा प्रवाहलाई देशका बिभिन्न जिल्लामा शाखा विस्तार गरेको संस्थाले आफनो बार्षिक उत्सव संगै सबै सेवा केन्द्रमा शुभविजया दशमी, दीपावली तथा छठपर्वको अवसरमा शुभकामना आदान प्रदान गरेको हो ।

कार्यक्रमको प्रमुख अतिथी एवं ईलाका प्रशासन कार्यालयका कामु शाखा अधिकृत नन्दराम भुसालले दीप प्रज्ज्वलन तथा केक काटेर गरेका थिए । उद्घाटन पछी बोल्दै प्रमुख अतिथी भुसालले गरीवी न्युनीकरणमा सिवाईसी नेपालको योगदान महत्वपूर्ण रहेको बताउंदै ग्रामिण क्षेत्रमा गरीवी निर्मुल पार्ने तथा महिलाहरुलाई सक्षम र आत्मनिर्भर बनाउने अभियानमा खेलेको भुमिकाको प्रशंसा समेत गरे ।

बुर्तिबाङ शाखामा आयोजित कार्यक्रममा सिवाईसी नेपालका केन्द्रिय सदस्य एवम सिवाईसी साकोस बुर्तिबाङ शाखा संयोजक गण्डकी थापाको अध्यक्षता रहेको कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख ओमप्रकाश यादब, सिवाईसी नेपालका आजीवन सदस्य हिरालाल पौडेल, स्थानिय सञ्चार माध्यमको तर्फदेखि पत्रकार, सिवाईसी नेपाल तथा सिवाईसी साकोसका प्रतिनिधी, लघुवित्त संस्थाका प्रतिनीधि लगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमका अतिथीहरु ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख ओमप्रकाश यादव, सिवाईसी नेपालका सल्लाहकार सदस्य हिरालाल पौडेल, पत्रकार छविलाल पाण्डे, रामनारायण सुवेदी, झरना कंडेल, सिवाईसी नेपाल सदस्य लिलमाया पुन, सिवाईसी साकोस सेवा केन्द्र बुर्तिबाङका साखा प्रवन्दक हरि बुढा, सिवाईसी नेपाल केन्द्रिय प्रवतmा केशकुमारी बुढा , लघुवित्त मिलन केन्द्र बुर्तिबाङको तर्फदेखि निर्धन उत्थान बैंकका प्रवन्धक मनु अर्याल, लगाएतले शुभकामना मन्तव्य व्यतm गर्दे सिवाईसीले गरेका स्रहाननीय कार्यको
प्रंशंसा गरेका थिए ।

त्यस्तै कार्यक्रमका अध्यक्ष गण्डकी थापा अधिकारीले बोल्दै सिवाईसी नेपाल करिब ४२ हजार महिलाको जीवनस्तर उकास्ने महत्वपुर्ण माध्यम रहेको बताउंदै गरीब , दलीत, विपन्न तथा निरक्षण महिलाहरुलाई उर्जाशील र आत्मनिर्भर बनाउने कार्यमा सक्रिय भुमिका खेलिरहेको संस्था रहेको बताउंदै निकट भविष्यमै सिवाईसी बैंकको रुपमा सिवाईसी नेपाललाई रुपान्तरण गर्ने लक्ष्यका साथै आफनै एफएम रेडियो , तथा अन्य सेवा सुविधाका साथमा अगाडी बद्ने योजनासहित अगाडी बढेको बताईन ।

कार्यक्रम सिवाईसी नेपाल बुर्तिबाङ साखाका कर्मचारी हेमबहादुर श्रीसको स्वागत, शाखा प्रबन्धक दयाराम थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply