Sorry, that menu does not exist.
 

शिवालयघाट देखि मजुवाफाँट हुदै बसाहा चोक सम्म जाने बाटो स्तरीकरण

घनश्याम गौतम, गल्कोट २०७५ असोज २८ । गल्कोट नगरपालिकाको गौरवको सडकको बिस्तार तथा निर्माण तिब्र गतिमा भएको नगरपवालिकाले जनाएको छ ।

नगरपालिकाले मापदण्ड निर्धारण गरि बिस्तारको प्रक्रियामा रहेको वडा नम्बर ६ शिवालयघाट देखि मजुवाफाँट हुदै वडा नम्बर ५को बसाहा चोक सम्म जाने बाटो अन्तरगत शिबालयघाट बाट चरौदी खोला सम्मको मोटरबाटोको स्तरिकरण तिब्र गतिमा भैरहेको छ । उक्त सडकको मापदण्ड र बिस्तारको क्रममा रिट दायर भएको थियो र गल्कोट नगरपालिकाले आर्थिक बर्ष २०७४ र ०७५ बाट पुर्बाधार बिकास तर्फ बिनियोजित बजेट रु २० लाखको लागतमा मोटरबाटोको स्तरिकरण कार्य सञ्चालन गरेको थियो ।

बडा नम्बर ६ को शिबालय घाटमा निर्माणाधीन मोटरेबल पुलबाट सुरु गरि यस बर्ष करिब साढे ३ सय मिटर बाटाको स्तरिकरण काम सूरु गरेतापनि सममै सम्पन्न हुन नसकेको भनी स्थानियले गुनासो गदैं आएका थिए । सडकमा निर्माण तथा बिस्तार पछिल्लो २ हप्तादेखी तिब्र गतिमा भैरहेको र केही दिनमै उक्त निर्माणको कार्य सम्पन्न गर्ने निर्माण कम्पनी के.सी.निर्माण सेबाका सञ्चालक योगेश भण्डारीले जनाकारी दिए । उनले अहिले सडकमा गिट्टी राखेर रोलरले पल्ल्ने तथा सम्मोपार्ने काम भैरहेको जनाकारी दिनुभयो । नौबिसे खण्डको उकालोमा सोलिङ तथा ग्रेड मिलाउने काम हुदैछ भण्डारीले भने नगरपालिकाले दिएको सिटिमेट अनुसार केही दिनमै सम्पुर्ण काम सम्पन्न गरिनेछ । सडकको एक साईडमा पक्की नाली निर्माण गर्ने र एक साईडमा नालिन निकास तथा ड्राई वालको समेत ब्यबस्था नभएको भन्दै स्थानियले सडकको स्तरीकरणको लागी बनाईएको स्टिीमेट ठिक नभएको भन्दै आक्रोश जनाएका छन् ।

स्थानिय हर्क पाण्डेले भने “सडकको बिस्तार हुन ठिक भएपनि दुबै साईडमा नाली निकास गर्ने गरि स्टिमेट निर्माण गर्नुपर्छ, त्यो निर्माण भएन त्यसैले स्टिमेट गलत छ । सडकको स्तरीकरण भए लगतै यात्रा सहज भएको सबारी चालक तथा पैदल यात्रीको भनाई छ । त्यस्तै सडक स्तरिकरण गर्दा गलकोट नगरपालिका बडा नम्बर ६ कै जामुनडाडा जाने मोटरबाटोको नाका बन्द भएको भन्दै उत्त नाका सञ्चालन गर्न नगरपालिकाले पहल गर्नुपर्ने स्थानियको माग छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply