झरना कँडेल बुर्तिवाङ २०७५ असोज २९ । हिन्दुहरुको महान चाडपर्व दशैँ तिहारलाई लक्षित गरेर ढोरपाटन नगरपालिकाको सुशासन तथा अनुगमन समितीले आईतवार बुर्तिबाङ बजार अनुगमन तथा निरीक्षण गरेको छ ।
ढोरपाटन नगरपालिकाका उप प्रमुख तथा सुसासन समितीका प्रमुख करमती पुनमगर, ईलाका प्रशासन कार्यालयका कायम मुकायम प्रमुख नन्दराम भुषाल, उद्योग बाणीज्य संघ बुर्तिबाङका अध्यक्ष चिन्तामणि शर्मा, प्राविधिक कृष्ण भुषाल, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दुर्गादेबी घर्तिमगर, समाजसेबी दिलमायाँ पौवी, पत्रकार प्रहरी प्रशासन लगायतको टोलीले बजार अनुगमन गरेको हो ।
बिशेषगरी दैनिक उपभोग्य बस्तु खाद्यन्न पसल तथा मासु पसलमा गरिएको अनुगमनका क्रममा खानका लागी प्रयोग गर्न बन्देज लगाइएको पामोलिन तेल ३ प्याक, म्याद गुज्रिएको पेप्सी ३ प्याक त्यस्तै गरी क्ुनै मासु पसलमा सरसफाई नगरिएको र धेरैजसो पसलमा मुल्यसुचि नराखिएको पाईएको उपप्रमुख करमती पुनले बताईन् ।
सो टोलीले म्याद नाघेका सामानहरु तुरुन्त फीर्ता गरी बिल पेश गर्न निर्देशन गरेको छ भने, मुल्यसरुची नभएका पसलहरुमा तुरुन्तै मुल्य सुचि राख्न र नगरपालिकामा दर्ता नभएका उद्योग ब्याबसायीलाई दर्ता गर्न निर्देशन दिनुकासाथै ब्यापारीहरुले स्वच्छ र गुणस्तरीय सामान बिक्री गर्न तथा उपभोक्ताहरुले आफै सचेत भएर गुणस्तरीय सामान मात्रै किन्न आग्रह गरिएको छ ।
बुर्तिवाङ बजार अनुगमन : अखाद्य पामोलिन तेल र म्याद गुज्रिएका खाद्यबस्तुहरु बरामद !
२०७५ आश्विन २९, सोमबार ०७:०४
Home Slider, Top News, अन्य समाचार, प्रमुख समाचार
Related Posts
२०७८ असार २४, बिहीबार ०९:०६
५ दिन देखी तमानखोला बुर्तिबाङ सडक अवरुद्ध
२०७८ असार १२, शनिबार ०९:२०