कोपिला कंडेल, बागलुङ २०७५ असोज २९ । नेपालीहरूको महान चाड बिजया दशमीको अबसर पारेर बागलुङ उद्योग बाणिज्य संघले बागलुङ कारागारमा रहेका कैदी बन्दीलाई च्याङ्ग्रा र च्युरा उपहार दिएको छ । विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि उद्योग बाणिज्य सँघले कारागार भित्र कार्यक्रमका वीच कैदी बन्दीलाई घरमा गएर दशैे मनाउन नपाए पनि दशैको अनुभुती दिलाउन च्याङ्ग्रा र च्युरा सहयोग गरेको उद्योग बाणिज्य सघं बागलुङ्गका अध्यक्ष जयराम भारीले बताए ।
प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेल जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक दिपक रेग्मी र उद्योग बाणिज्य सघं बागलुङका अध्यक्ष जयराम भारीले बन्दी नाईके सुर्य नेपालीलाई हस्तान्तरण गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले बिगतको भुल सुधार गरेर जीवनलाई सही मार्गमा लगाउनका लागि कारागार सुधार मार्ग भएको भन्दै हँसी खुसी साथ चाड पर्व मनाउन आग्रह गरेका थिए ।
सो अवसरमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख दिपक रेग्मी, कारागारका प्रमुख दिपक शर्मा नेपाल पत्रकार महासघं बागलुङ शाखाका सल्लाहकार कोपिला कंडेल र बन्दी नाईके सुर्य नेपाली लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
सो अवसरमा कारागारका प्रमुख दिपक शर्माले क्षमता भन्दा बढि कैदीबन्दी भएका कारण समस्या उत्पन्न भएको बताए । उनंले प्रमुख जिल्ला अधिकारीको रुपमा खरेल आएपछि केही सुधारात्मक कार्य भएको जानकारी दिए । कारागारमा हाल करिब ९८ जना कैदीबन्दी र दुईजना शिशुहरु रहेका छन् । कार्यक्रम उद्योग बाणिज्य सघंका अध्यक्ष भारीको अध्यक्षता तथा स्वागत सदस्य राज कुमार श्रेष्ठको समापन मन्तब्य र महासचिव दयाराम पौडेलको संचालनमा सम्पन्न भएको थियो ।