Sorry, that menu does not exist.
 

पूर्वराजा ज्ञानेन्द्रले नेपाली दिदीबहिनी तथा दाजुभाईका नाममा दिएको सन्देशमा के छ ?

काठमाडौँ २०७५ असोज ३१ । विजया दशमीको पूर्व सन्ध्यामा मंगलबार पूर्व राजा ज्ञानेन्द्रले नेपाली दिदीबहिनी तथा दाजुभाईका नाममा सार्वजनिक गरिएको विजया शुभकामनामा नेपाल राष्ट्र भन्नू नै यज्ञीय, मन्त्रीय, तन्त्रीय, वैदिक, अनूष्ठान, साधना र परम्पराले व्यष्टित रहेको छ । कोट, मौलो, खडग, छत्र, शिला, कलश, शक्तिपीठका प्रतिककारुपमा रही नेपाली समाजमा देवी महात्म्यम् आरध्य छिन् । तर पछिल्लो समय हाम्रा मौलिक धर्म, संस्कृति र चाडपर्वहरु संकटमा पर्दै जानू सबै नेपालीका लागि विषद् विषय बनेको बताएका छन् ।

उनले सन्देशमा नेपालीबीचको सामाजिक सद्भाव मेटिदैछ भने तराई, पहाड र हिमाल माझको एक्यभाव तोड्ने भगिरथ प्रयत्न समेत भइरहेको चिन्ता व्यक्त गरेका छन् ।

यस्तो छ, राजाको सन्देश
प्यारा नेपाली दिदीबहिनी तथा दाजूभाइ,

विजया दशमीको पावन अवसरमा हामी देश भित्र र देश बाहिर रहे बसेका सम्पुर्ण नेपालीहरुमा शान्ति, सूख र सम्वृद्धिको लागि शूभकामना व्यक्त गर्दछौं ।

नेपाल राष्ट्र भन्नू नै यज्ञीय, मन्त्रीय, तन्त्रीय, वैदिक, अनूष्ठान, साधना र परम्पराले व्यष्टित रहेको छ । कोट, मौलो, खडग, छत्र, शिला, कलश, शक्तिपीठका प्रतिककारुपमा रही नेपाली समाजमा देवी महात्म्यम् आरध्य छिन् । तर पछिल्लो समय हाम्रा मौलिक धर्म, संस्कृति र चाडपर्वहरु संकटमा पर्दै जानू सबै नेपालीका लागि विषद् विषय बनेको छ ।

देश शान्त, सूखी र सम्वृद्ध बन्ने आशामा हामीले गरेको सहमति अभिभाज्य मूलूक र सद्भावपुर्ण राष्ट्रिय एकताका निम्ति थियो भन्ने तथ्य पूनः स्मरण गराउंदछू ।

देशमा शान्ति सूव्यवस्था बन्ने, एउटा नेपाली अर्को नेपालीबाट मर्नू मारिनू नपर्ने, अपराधिक कृयाकलापमा न्युनीकरण हूने, कोपिला बालबालिकाहरु समेत सूरक्षित र संरक्षित रहन सक्ने, विभिन्न आकार प्रकारका सरकारहरुबाट जनतामाथि आर्थिक भार कम हूने, जनताको जीवन सूखमय बन्ने, राष्टिय एकता र सार्वभौमिकता थप मजबुद हूने तथा असहिष्ण व्यवहार निरुत्साहित हूंदै जाने विश्वास हामीले लिएका थियौं ।

देश बन्ने बनाइने सपना देखेका हामी नेपाली – राजनीतिक परिवर्तनको नाममा समेटिएका असामयिक तथा असान्दर्भिक कार्यसुचीहरुका कारण देश कसरी बचाउने भन्ने चिन्ताजनक अवस्थामा आइपूगेका छौं । हरेक उपलव्धिहरु परिवर्तन हून् तर हरेक परिवर्तनहरु उपलव्धिमुलक बन्न सक्दारहेनन् भन्ने पूष्टि विद्यमान अवस्थाले देखाइरहेको छ ।

आज नेपालीबीचको सामाजिक सद्भाव मेटिदैछ भने तराई, पहाड र हिमाल माझको एक्यभाव तोड्ने भगिरथ प्रयत्न समेत भइरहेको छ ।

अव समिक्षा र आत्ममुल्यांकनको घडी आएको छ । आफैलाई साक्षी राखेर देश र देशबासीका पक्षमा केही गर्ने प्रण गरौं ।

श्री नवदुर्गा भवानीले सबै नेपालीमा सत्प्रेरणा प्रदान गरुन्, नेपालीबीचको आपसी प्रेम, सद्भाव र सम्मानको पूनर्जागरण होस्, यही मेरो कामना छ ।

जय नेपाल ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply